१२ औं जिल्ला स्तरीय राष्ट्रपती रनिङ सिल्ड तथा खेलकुद प्रतियोगिता मेल्लेखमा उदघाटन

१२ औं जिल्ला स्तरीय राष्ट्रपती रनिङ सिल्ड तथा खेलकुद प्रतियोगीताको मेल्लेख गाउँपालिकामा उद्घघाटन गरिएको छ । नन्देश्वरी माध्यमिक विद्यालय प्राङ्गणमा सुरु भएको प्रतियोगिताको गाउपालिका अध्यक्ष ज्वालासिंह साउदले प्रतियोगिता उद्घघाटन गर्नु भएको हो । प्रमुख अतिथि साउदले खेलकुद क्षेत्रकाे बिकासकाे लागि जिल्ला भरका समग्र पालिकाले बजेटको उचित व्यवस्था र लगानी बढाउनु पर्ने बताउनु भयो । खेलकुदकाे माध्यमबाट अछाम जिल्लाकाे पहिचान गराउन खेलाडीहरुले खुलेर प्रतिस्पर्धा गर्न र आफ्नाे छुट्टै पहिचान देखाउनु पर्ने बताएका छन । खेलकुदकाे माध्यमबाट पहिचान गराउन उतकृष्ट खेलाडीलाई छनाेट गर्न पनी निर्देशन दिनु भएकाे छ ।

Samajik New Add 2082

बिशिस्ट अतिथी मेल्लेख गाउपालिका उपाध्यक्ष नृप बहादुर खड्काले खेलसँग अनुशासन जोडिएकोले खेलकुदमा अनुशासित ढंगबाट प्रतिस्पर्धा गर्न आग्रह गर्नु भयो । खेलकुदका लागि मेल्लेख गाउपालिकाबाट हुने सहयोगका लागि कुनै कमि नरहने बताएका छन ।


जिल्ला खेलकुद बिकास समिति का अध्यक्ष केशर बहादुर खड्का काे अध्यक्षतामा भएकाे कार्यक्रममा मेल्लेख गाउपालिका वडा नं. ५ का अध्यक्ष प्रकाश अधिकारी, वडा न.६ का अध्यक्ष तिलक कडायत एकीकृत समाजबादि प्रदेश कमिटी सदस्य डम्बर नेपाली, नेकपा एमाले प्रतिनिधि एवम अनेरास्ववियु जिल्ला अध्यक्ष नरेन्द्र खड्का, नेपाली काग्रेस प्रतिनिधि कृष्ण कुवर , नेकपा माओवादि केन्द्रका गाेरख बाेहरा, मेल्लेख शिक्षा शाखा प्रमुख बिरेन्द्र बहादुर खड्का, खेलकुद बिकास समिति कार्यालय सचिब हर्क बहादुर साउद, सम्पूर्ण प्रधानध्यापक रकाे तर्फबाट कुल बहादुर रावल लगायतले शुभकामना मनतव्य राखेका थिए ।

जिल्ला खेलकुद बिकास समितिका उपाध्यक्ष बम बहादुर साउदकाे स्वागत मन्तव्यबाट सरु भएको कार्यक्रमको संचालन नन्देश्वरि माविका शिक्षक पृथ्वी रावलले गर्नु भएकाे थियाे । प्रतियोगितामा जिल्लाका १० वटै पालिकाबाट विभिन्न विधामा प्रतिस्पर्धा गर्न खेलाडीले सहभागीता जनाएका छन ।

Leave A Reply

Your email address will not be published.