मेल्लेख गाउँपालिका द्धारा सुनाैला हजार दिनका आमाहरुलाई कुखुराका चल्ला वितरण

लाल बहादुर चदारा, असार १७ मेल्लेखः

Samajik New Add 2082

अछामको मेल्लेख गाउपालिकामा सुनाैला हजार दिनका आमाहरुलाई कुखुराका चल्ला बितरण गरिएको छ । गाउँपालिका भिरका १०० जना हजार दिने आमाहरुलाई प्रति व्यक्ति ५ वटाका दरले ५०० वटा उन्नत जातका कुखुराका चल्ला बितरण गिरएको हो ।

आमा र बच्चाकाे पाेषणमा सहयोग पुग्ने उदेश्यले चार वटा अण्डा दिने पाेथि चल्ला र एउटा भाले बितरण गरिएको छ जनाईएको छ । सुनौला हजार दिनका आमा तथा वच्चाहरुमा पाेषणकाे कमि हुन नदिनका लागि सन्तुलित आहार संगै अण्डाबाट पनि स्वास्थ्यका लागि आवश्यक तत्व प्राप्त हुने भएकाेले कुखुरा बितरण गरिएको पशु सेवा शाखा अधिकृत कृष्णबहादुर राेकायले मंगल खबरलाई बताउनुभयो ।

कुखुराका चल्ला बितरण कार्यक्रममा  मेल्लेख गाउपालिका अध्यक्ष ज्वालासिंह साउदको विशेषा उपस्थिति रहेको थियो भने कार्यक्रम वडा न ५ का वडा अध्यक्ष प्रकाश अधिकारी, पशु सेवा शाखा प्रबिधिक गाेबिन्द बाेहरा लगायतको सहभागिता रहेकाे थियाे । कुखुराका चल्ला बितरण कार्य मेल्लेख गाउँपालिका अन्तरगत बहुक्षत्रिय पाेषण याेजनाकाे सहयोग र मेल्लेख पशु सेवा शाखाकाे आयाेजनामा गरिएको हाे ।

Leave A Reply

Your email address will not be published.