लघु उद्यमीलाई बजारीकरण र लघु कर्जामा पहुँच सम्बन्धी अन्तरक्रिया गरियो

Purnima Mobile
Samajik Bal biwaha

होम साउद, अछाम १७ असार ।

Mangala Bharna

बजार बजारीकरण र लघु कर्जामा पहुँच सम्बन्धी लघु उद्यमीसँग एक दिने अन्तरक्रिया कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । मंगलसेन नगरपालिका उद्यम विकाश शाखाको आयोजनामा कार्यक्रम गरिएको हो ।

Mellekh RM1

वडानम्वर ५ का अध्यक्ष झंकर प्रसाद भाटको अध्यक्षतामा भएको अन्तरक्रियामा प्रमुख अतिथी नगर उपप्रमुख संगिता कुमारी रावल रहनुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले महिलाहरुलाई उद्यमी बनाएर आत्मनिर्भर बनाउन नगरपालिकाले आफ्ना कार्यक्रमलाई विभिन्न संघसस्या संगको साझेदारीमा सञ्चालन गरिरहेको बताउँनुभयो । साथै संघ, प्रदेश संग पनि समन्वय गरि तरकारी संकलनका लागि सित गृहको स्थापनामा पहल गरिने उहाँको भनाई छ ।

Saud Agro Kailash

कार्यक्रमका अध्यक्ष तथा वडानम्वर ५ का अध्यक्ष झंकरप्रसाद भाटले उद्यमीहरुले हतोत्साहित नभई निरन्तर लागिरहनुपर्ने बताउँदै उत्पादित सामग्रिको बजारिकरणका लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा लघु उद्यमीहरुलाई लघु कर्जा र बजारीकरणमा के कसरी पहुँच पुर्याँउन सकिन्छ भन्ने विषयमा जानकारी तथा छलफल गरिएको थियो ।

कार्यक्रममा नगरपालिकाको महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महत, नगरपालिकाका सूचना अधिकारी विष्णु जैसी, निर्धन लघुवित्तका रविकिरण गौत्तम, मंगलसेन बजार व्यावस्थापन समिति अध्यक्ष छविराज ढुंगाना लगायतका अतिथि रहनुभएको थियो ।

इटा ब्लक, दुना टपरी, भैसी पालन, तरकारी खेती, बाख्रा पालन व्यावसायमा आवद्द ५८ जना लघु उद्यमी तथा समूहका सदस्यहरुको सहभागिता रहेको अन्तरक्रिया कार्यक्रमको सहजिकरण उद्यम विकास सहजकर्ता रामबहादुर बुढाले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन मेड्पा कार्यक्रमका सम्पर्क व्यक्ति एकेन्द्र बोगटीले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.