पूर्ण खोप सुनिश्चितता तथा दीगोपनाका लागि नगरपालिका स्तरिय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रम मंगलसेन नगरपालिकामा सम्पन्न भएको छ । नगर स्तरिय खोप समन्वय समितिका अध्यक्ष एवं नगरप्रमुख पदम बहादुर बोहराको अध्यक्षतामामा भएको अभिमुखिकरण कार्यक्रममा पूर्ण खोप सुनिश्चितता र दीगोपनाका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा खोपको परिचय, खोपको ईतिहास, खोपको महत्व र खोपको प्रभावकारिता सबन्धी सरोकारवालालाई जानकारी गराईएको थियो । नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता र पूर्ण खोपको दीगोपनाका लागि आवश्यक कार्यहरु, हाल भईरहेका प्रयासहरु, सरोकारवाला र स्वास्थ्यकर्मी तथा सरोकारवालाको भूमिका आदिबारे पनि सहभागीहरुलाई जानकारी गराईएको थियो ।

अन्तरक्रियामा नगर उपप्रमुख संगिता कुमारी रावल लगायत सबै वडा अध्यक्षहरु, नगरपालिकाका विषयगत शाखाका प्रमुख तथा सबै स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रमको सहजिकरण नगरपालिका स्वास्थ्य शाखा प्रमुख मान बहादुर सोडारी र सुआहारा कार्यक्रम अछामका प्रमुख लोक बहादुर नेपालीले गर्नुभएको थियो ।
