वैदेशिक रोजगारीमा जाने महिलाको सुरक्षाको प्रत्याभूत गर्न सम्बन्धित निकायसँग समन्वय गर्छौ : श्रम मन्त्री कुँवर

Kirci Gyan Kendra

काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले  महिलाहरूलाई घरेलु कामको लागि विदेश पठाउने विषयमा सम्बन्धित विभिन्न निकायसँग समन्वय गरेर आवश्यक पहल गर्ने बताउनुभएको छ ।

Samajik New Add 2082

घरेलु काममा विभिन्न माध्यमबाट गैर कानुनी माध्यमबाट जाने महिलाहरूले समस्या भोग्न परेको गुनासो आएको भन्दै मन्त्री कुँवरले आफूले महिलालाई सुरक्षाको प्रत्याभूत हुने गरी खाडीका देशमा घरेलु काममा पठाउन पहल गर्ने बताउनुभएको हो ।

Saud Agro Kailash

बिहीबार मन्त्रालयमा अखिल नेपाल महिला सङ्घ (समाजवादी) को बधाई तथा शुभकामना दिन पुगेको टोलीसँग छलफल गर्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीमा जाने महिलालाई समस्या नहोस् भनेर विभिन्न पक्षसँग छलफल गर्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गर्नुभयो ।

‘हामीले महिलाहरूलाई विदेश पठाउनै पर्ने भए महिला मन्त्रालय, विभिन्न समूह, सञ्जाल र पार्टीका महिला भातृ सङ्गठनसँग समेत आवश्यक छलफल गरी पहल गरिने छ’ मन्त्री कुँवरले भन्नुभयो ‘त्यसो गरेन भने समाजवादीको मन्त्री आए महिलालाई विदेश पठाएर झन् समस्या भयो भन्ने गुनासो आउन सक्छ ।’

बधाई तथा शुभकामना दिँदै अनेमसंघ समाजवादीका अध्यक्ष जयन्ती राईले वैदेशिक रोजगारीमा गएका महिलाका समस्या र जान भइरहेका  झन्झटिला प्रक्रियाका बारेमा मन्त्री कुँवरलाई जानकारी गराउनुभएको थियो ।

श्रम मन्त्री कुँवरले महिलाले भोगेका समस्या समाधानका लागि सबैको साथ सहयोग र सुझाव लिएर  अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै यस्ता समस्या मन्त्री एक्लैले गरेर समाधान नहुने भएकाले सबै सरोकारवाला निकायको साथ र सहयोगको अपेक्षा गरिएको पनि बताउनुभयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.