मंगलसेन बजारको सडक तत्काल ८ मिटर फराकिलो हुँदै, सडक बिस्तार, फोहोर ब्याबस्थापन र कृषि हाटबजार ब्याबस्थापनका लागि सहयोग गर्न बजारबासीको प्रतिबद्धता

मंगलसेन बजारको सडक बिस्तार, फोहोर ब्याबस्थापन र कृषि हाटबजार ब्याबस्थापनका लागि मंगलसेन नगरपालिकाले सरोकारवालासंग सर्वदलीय छलफल गरेको छ । नगरपालिकाको मुख्य बजार व्यस्थापन अन्तर्गत बजार क्षेत्र भित्रको सडक चौडा, सरसफाई तथा ढल निकाश र कृषि संकलन तथा वितरण केन्द्रको व्यवस्थापनका बिषयमा व्यापक छलफल गरेको हो ।

नगरपालिकाका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा बसेको बैठकले नगरपालिकाद्धारा पूर्व निर्धारित मापदण्ड वमोजिम नै बजार क्षेत्रमा ८ मिटर सडक कायम गर्ने यसका लागी पक्की घर संरचनामा ८ मिटर सडकका लागी चिन्ह दिएर संकेत गर्ने तथा ८ मिटर सडक बनाउनका लागी थप सरोकारवालासंग छलफल गर्ने निर्णय गरेको छ ।

सरोकारवालाको बैठकले पक्की संरचनाका लागी केही समय दिने र कच्ची संरचना हटाउने कार्य तत्काल अगाडी बढाउने निर्णय समेत गरेको नगरपालिकाका सुचना अधिकारी बिष्णु प्रसाद जैशीले जानकारी दिनु भयो । वडा न ५ को कार्यालयमा बसेको बैठकले मंगलसेन बजार सरसफाईका लागी सबै होटेल व्यवसायी, अन्य व्यापारी तथा घरधनीले घरमा उत्सर्जन भएको फोहोर स्वयम व्यक्तिले कुहीने नकुहीने फोहोर छुट्याएर नगरपालिकाको टिप्परमा आफै फोहोर फालेर सहयोग गर्ने, हप्ताको दुईदिन बजार क्षेत्रको फोहोर उठाउन टिप्पर पठाउने निर्णय समेत गरिएको छ ।

बैठकले साउन १ गते बाट लागु हुनेगरि बजार क्षेत्रमा तरकारी, फलफुल र मासु बेचबिखन गर्न नदिने यदी निर्णयको अवज्ञ गरेको पाईएमा कडा भन्दा कडा कारबाही गरिने, विभिन्न व्यावसाय गरिरहेका व्यापारीलाई करको दायरमा ल्याउने, मंगलसेनका विभिन्न ठाउमा अव्यवस्थित ढंगले पार्किङ्ग गर्ने सवारी साधनलाई तोकीएको ठाउमा पार्किङ्गका लागी जिल्ला प्रशासन कार्यालय अछामलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको नगरपालिकाका प्रवक्ता एवं मंगलसेन नगरपालिका वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटीले बताए ।

Mangala School 2081 subhakamana

मंगलसेन बजारमा अहिले पनी खानेपानीका लाईनहरु व्यवस्थित नभएको, बिजुलीका तारहरुको सहित व्यवस्थापन नभएको पाईएकाले यसका लागी तत्काल पहल गरिने समेत बैठकले निर्णय गरेको छ । बैठकमा सहभागि मंगलसेन बजारका व्यापारी तथा घरधनीहरुले नगरले गरेका निर्णयहरु प्रशंसनीय रहेकाले यसलाई कार्यन्वय गरेर लैजानुपर्नेमा जोड दिएका थिए ।

यसभन्दा अघि नगरपालिकाले गरेका केही निर्णयबाट आफै पछि हटेकोमा गुनासो गर्दै बजार भित्रको सडकको स्तरोन्नति गर्ने नाममा पक्षपात गर्न नहुने र राम्रो काममा आफ्नो क्षेत्रबाट सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।

बैठकमा सहभागि सरोकारवालाले गरेको गुनासो, सोधिएका प्रश्नको जवाफ दिदै नगर प्रमुख पदम बहादुर बोहराले बजारबासीको सल्लाह बमोजिम नै नगरपालिका अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो । बजारबासीको सहयोग बिना बजारको सुन्दरता नबढ्ने भएकाले आफ्नो घर अगाडीको फोहोर व्यवस्थापन आफैले गर्नुपर्ने, नगरपालिकालाई रचनात्मक सहयोग गरेर नगरको विकासका लागी सहयोग गर्न अनुरोध गर्नुभएको छ ।

नगरपालिका आफ्नो निर्णय बाट पछि नहट्ने भन्दै उहाले नगरपालिकाले गरेका हितकारी निर्णयका विरुद्ध अनावश्यक नबोल्न आग्रह गरे । बैठकमा वडा न ३ का अध्यक्ष बृख बहादुर बोगटी, वडा न ४ का अध्यक्ष नाम सिंह धामी, वडा न ५ का अध्यक्ष झंकर प्रसाद भाटले बजार क्षेत्रको विकासका लागी कटीबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका थिए ।

बैठकमा मंगलसेन बजार क्षेत्र भित्रका ब्यपारी, घरधनी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले सहजिकरण गर्नु भएको बैठकको संचालन सुचना अधिकारी बिष्णु प्रसाद जैशीले गर्नु भएको नगरपालिकाका स्टोर शाखा प्रमुख नरेश कठायतले जानकारी दिनु भयो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.