आर्थिक बर्ष २० ७८/०७९ मा मंगलसेन नगरपालिकामा ८४.८ प्रतिशत बजेट खर्च

मंगलसेन नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा कुल बजेटको ८४.८ प्रतिशत बजेट खर्च गरेको छ । नगरपालिकाले चालु बजेट र पुजिगत बजेट गरि कुल बजेटको ८४.८ प्रतिशत बजेट खर्च गरेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले जानकारी दिए ।

Mangala School 2081 subhakamana

आर्थिक बर्ष २०७८/७९ का लागी बिनियोजन गरिएको कुल ६१ करोड ९ लाख ३९ हजार ६ सय २ रुपैँया बजेट मध्ये ८४.८ प्रतिशत बजेट खर्च गरिएको सोडारीको भनाई छ । नगरपालिकाले चालु खर्चतर्फ ८६.७९ प्रतिशत र पुजिगत खर्चतर्फ ७८.८३ प्रतिशत बजेट खर्चगर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।

नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ मा खेलमैदान, ग्रावेल सडक, सडक सौर्यबति, पर्यटन पूर्वाधार, कृषि र पशु पकेट क्षेत्र, रैथाने बालि संरक्षण, विधुतिय शासन प्रबर्दन, सिचाई कुलो, विधालय भवन लगाएतका अन्य बिकासका योजनाहरु लाई प्राथमिकतामा राखेको नगरपालिकाले उक्त योजनाहरुलाइ सम्पन्न गर्दै रकम भुक्तानी गरेको हो । १/२ वटा योजना बाहेक अरु सबै योजनाहरुको काम सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा संचालित विभिन्न योजनाहरुको प्रभावकारी ढंगले अनुगमन गर्दै योजनाको काम दिगो र प्रभावकारी बनाउने कामलाई तिब्र पारिएको समेत प्रशासकिय अधिकृत सोडारीले बताए ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.