आर्थिक बर्ष २०७८/०७९ मा रामारोशन गाउँपालिकामा ८६.०८ प्रतिशत बजेट खर्च

रामारोशन गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा कुल बजेटको ८६.०८ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाले चालू तर्फ ९१.४१ प्रतिशत र पुजिगत तर्फ ७६.१४ प्रतिशत गरि जम्मा वार्षिक खर्च ८६.०८ प्रतिशत खर्च गरेक‍ गाउँपालिकाले जनाएको छ ।

Everest Incitute

गाउँपालिकाको चालू तर्फ ३७ करोड ९५ लाख ९६ हजार ६७ रुपैयाँ २१ पैसा र पुजिगत तर्फ २० करोड ३७ लाख २६ हजार ४ सय ५२ रुपैयाँ मध्ये ८६.०८ प्रतिशत बजेट गाउँपालिकाले खर्च गरेको लेखापाल विवेक तिमिल्सैनाले जानकारी दिनु भयो ।

पालिकाको पाच वटा क्षेत्र आर्थिक, सामाजिक, पुर्वाधार, सुशासन तथा अन्तरसम्बन्धित र कार्यालय संचालन तथा प्रशासनिक मध्ये
सामाजिक विकास र पुर्वाधारमा बढी खर्च भएको बताईएको छ । जसमा कृषि, शिक्षा, स्वास्थ्य, यातायात पुर्वाधार र विद्युत विस्तारमा क्षेत्रमा बढी खर्च भएको तिमिल्सैनाले बताए ।

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.