जडिबुटी खादा अछाममा एकको मृत्यु, एकजना गम्भीर बिरामी

भवानी ढुंगाना :अछाममा जडिबुटी खाँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर बिरामी भएका छन । जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ का ४२ बर्षिय गणेश खत्रीको मृत्यु भएको छ भने साफेबगर नगरपालिका वडा नम्बर ७ का २९ बर्षिय किशोर भाट गम्भीर बिरामी भएका मृतकका भाई बिनोद खत्रीले जानकारी दिए ।

Everest Incitute

आज दिउसो १ बजेतिर कुनै बिरामी नभएका दुवै जनाले हातखुट्टाको दुखाइ संचो हुन्छ भनेर सो जडिबुटी खादा गम्भीर बिरामी परेपछी उपचारका लागि बयालपाटा अस्पताल पुगाउदा खत्रीको मृत्यु भएको हो भने भाटको उपचार भईरहेको छ ।

मृतकको पोष्टमार्टमका लागि जिल्ला अस्पताल लिने तयारी भईरहेको बयालपाटा अस्पतालले जनाएको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.