युनियन लाईफद्धारा बिमितको परिवारलाई दाबि रकम हस्तान्तरण

Everest Incitute

युनियन लाईफ ईन्सुरेन्स कम्पनी लिमिटेड साफेबगर शाखाले मृतक बिमितको परिवारलाई दाबि रकम हस्तान्तरण गरेको छ । साफेबगर नगरपालिका ३ प्रभाका मृतक बिमीत गजेन्द्र बहादुर कुवरको हकदार श्रीमती रुपा कुवरलाई चेक हस्तान्तरण गरिएको हो ।
मृतक बिमितको परिवारलाई ५ लाख २८ हजार रुपैया मृत्यु दावी चेक हस्तान्तरण गरिएको हो ।

चेक साफेबर नगरपालिका प्रमुख राजेन्द्र बहादुर कुवरले हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण कार्यक्रममा साफेबगर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर कुवर, कम्पनीका साफेबगर शाखा प्रमुख निरा कडायत, एजेन्सी मेनेजर भगवती कुवर, स्वास्थ्यका कर्मचारी वीर बहादुर कुवर, सहजकर्ता सर्मिला शाह लगाएतको उपस्थिति रहेको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.