बम बहादुर विकको साहारा बन्यो तुर्माखाँद गाउँपालिका, बमको आखाको उपचार गाउँपालिकाले गर्ने

Purnima Mobile
Samajik Bal biwaha

नरेश कुमार शाही : तुर्माखाँद गाउपालिका वडा नं ४ निवासी बम बहादुर बिकले २ बर्षको उमेरमा आँखाँको दृष्टि गुमाए उनि हाल २२ बर्षका भए । घरको आर्थिक अवस्था नाजुक भएका कारण उनले समयमै उपचार गर्न नसक्दा अहीलेपनि उनले यो संसार कस्तो भन्ने देख्न सकिरहेका छैनन तर पछिल्लो समय उनको आँको दृष्टि फर्काउने प्रयास हुन थालेको छ ।

Mangala Bharna

जुन दृष्टि फर्काउनका लागी उनलाइ तिनलाख पचासहजार भन्दा बढी रकम खर्च हुने देखियो । उनको घरको आर्थिक अवस्था नाजुक भएका कारण उनले आफुलाइ सहयोग गर्न सार्वजनिक संञ्जालहरुमा सहयोगको अपिल गरे । र उनलाइ सहयोग हुने क्रमपनि निरन्तर रहेका बेला उनको स्थानिय पालिकाका तुर्माखाँद गाउँपालिकाले उनको आँखाको दृष्टि फर्काउन लाग्ने सबै खर्च बेहोर्ने भएको छ ।

Mellekh RM1

२२ बर्षिय बम बहादुरललाई आखाको शल्यक्रियाको लागि पालिकाले ३ लाख ५० हजार दिने भएको छ । बम बहादुर बिकका आफन्तले पालिकामा आर्थिक सहयोगका लागी निवेदन दिएपछि पालिकाले बम बहादुरको आखाको शल्यकृया गर्न लाग्ने सबै रकम सहयोग गर्ने भएको हो ।

दुई बर्षको उमेर देखी आखाको दृष्टि गुमाएका बम बहादुरको काठमाण्डौमा रहेको तिलगंगा आँखा अस्पतालमा शल्यकृया हुनेभएको छ ।

अस्पतालका बिशेषज्ञ डाक्टर सन्दुक रुईतको परामर्शम अनुसार आखाको शल्यकृया भएपछी आखाको दृष्टि गुमाएका बम बहादुर बिकको आखाको दृष्टि फर्किने बताउनुभएको छ । यसरी शल्यकृया मार्फत केही ब्यक्तिहरुको आखाका दृष्टि फर्किने गरेको छ यो निकै ठुलो शल्यकृया भएको डाक्टर रुईतको भनाई रेहको छ ।

तुर्माखाद गाउँपालिकाको असार २५ गते बसको गाँउकार्यपालिकाको बैठकले बिकलाई उपचारका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको तुर्माखाद गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले जानकारी दिनुभएको छ ।

अहिले १२ कक्षा अध्ययन गरिरहेका बम बहादुर पढाईमा निकै अब्बल छन भने अन्य क्षेत्रमा पनि उतिकै दख्खल राख्ने गरेका छन ।

सदरमुकाम मंगलसेनमा रहेको षोडशा देवी माध्यमिक विद्यालयमा अध्ययन गरेका बम बहादुर अहिले उच्च शिक्षा आर्जनको लागि धनगढीमा हुनुहुन्छ । यहा रहदा पनि विद्यालयको पढाईमा सबैभन्दा अब्बल बम बहादुर विद्यालयमा हुने बिभिन्न गतिविधिमा पनि उतिकै सकृय छने ।

बहु प्रतिभाका धनी बम बहादुर विद्यालयमा हुने हाजिरी जवाफ तथा बादविवाद प्रतियोगीतामा समेत सधै प्रथम हुदै आउनु भएको थियो । घरको आर्थिक अवस्था कमजोर भएका बम बहादुर अवसर पाएमा अझै धेरै गर्न सक्न्ने बताउनुहुन्छ ।

यही साउन ४ गते हुने शल्यकृयाको लागी रकम संकलन गरिरहेका बम बहादुरलाई पालिकाले शल्यकृयाका लागी लाग्ने सबै रकम ब्यहोर्ने भएपछि बम बहादुर लगायत उनका घरपरिवारका सदस्यहरु निकै खुसी भएका छन ।

अहिले सम्म यो संसार नदेखेका बम बहादुर अब आँखाको शल्यकृया भएपछी उनको खुसीको सिमानै छैन । अहिले बम बहादुर साउन ४ को पर्खाईमा छन ।

Saud Agro Kailash

आर्थिक अवस्था कमजोर भएका बम बहादुरलाई आखाको शल्यकृया गरेपछि त्यत्रो ठुलो रकम कहाबाट जुटाउने भन्ने समस्या थियो अहिले भने शल्यकृयाको लागी लाग्ने सबै रकम आफ्नै पालिकाले दिनेभएपछी पैसाको चिन्ताबाट मुक्त भएका छन ।

रामारोशन दैनिक संग कुरा गर्दै बम बहादुरले भन्नुभयो मलाई यत्रो पैसा कहाबाट ल्याउने भन्ने ठुलो चिन्ताले सताएको थियो अहिले भने पालिकाले आर्थिक सहयोग गर्ने भएपछी आफुलाई निकै खुसी लागेको बताउनुभयो ।

आफु जस्तो गरिबको लागी कसले सहयोग गर्ला भन्ने लागेको थियो तर पालिकाका अध्यक्ष डम्बर बिसी लगायत पालिकाको समग्र टिमले आफुले दिएको निवेदनको बारेमा कार्यपालिकाको बैठमा छलफलको विषय बनाई मलाई यति ठुलो आर्थिक रकम सहयोग गरेकोमा पालिकालाई धन्यवाद दिने आफुसंग कुनैपनी शब्द नभएको बम बहादुरको भनाई रहेको छ ।

अहिले सम्म संसार नदेखेका बम बहादुरलाई अब आखाको सफल शल्यकृया गरि यो संसार हेर्ने ठुलो रहर छ । बम बहादुरले रामारोशन दैनिक संग थप कुरागर्दै भन्नुभयो मलाई यहासम्म पु¥याउन सहयोग गर्ने ब्यक्तिहरुका आवाज मात्रै सुनेको छु तर उहाहरुको अनुहार मैले देखेको छैन अब आशा छ मलाई यो संसार देखाउन महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाका सबै आदरणीय अभिभावकहरुलाई हेर्ने ईच्छा रहेको उहाको भनाई थियो ।

आखाको दृष्टिले काम गरिसकेपछी आफ्नो जिल्लामा धेरै कामगर्ने ईच्छा रहेको बम बहादुरले बताउनुभयो । आफ्नो आखाको अप्रेशन सफल भएमा आफुजस्ता साहारा विहिनको क्षेत्रमा कामगर्ने योजना बम बहादुर छ । घरको आर्थिक अवस्था कमजोर रहेका बम बहादुरले अभावै अभावमा जिवन गुजारी रहनु भएको छ ।

बम बहादुरको आखाको शल्यकृयाको लागी सामाजिक संञ्जालमा पनि आर्थिक सहयोगका लागी केही सामाजिक अगुवाहरु तथा शुभचिन्तकहरुले आर्थिक सहयोगकका लागी अपील समेत गरेका छन ।

हामी संग कुराकानी गर्दै बम बहादुरले स्थानीय सरकारले आफुलाई यतिठुलो गुन लगाएकोमा धन्यवाद दिदै गरिबहरुका लागी पनी सरकार रहेछ भन्ने आभास भएको बताउनुभयो ।

यता तुर्माखाद गाउँपालिका अध्यक्ष डम्मर बहादुर बिसीले हाम्रो सानो सहयोगले एउटा दृष्टि बिहिनले यो संसार देख्छ भने किन सहयोग नगर्ने त्यसैले बमबहादुरका लागी आवश्यक पर्ने सबै रकम पालिकाले बेहोर्ने निर्णय गरेको बताउनुभयो ।

रामारोशन दैनिकलसंग कुरा गर्दे बिसीले आफ्नै पालिकाको क्षमतावान भविष्य बोकेको युवालाई सहयोग गर्नु पालिकाको कर्तव्य भएकाले जिल्लाकै सम्भावना बोकेका बम बहादुरको आखाको दृष्टि फर्किएपछि स्थानीय पालिकालाई नै खुसीको कुरा भएकाले बम बहादुरको थप उपचारको लागीपनी पहल गर्ने उनको प्रतिबद्धता थियो ।

बिसीले स्थानीय सरकार यस्तै नागरिकको लागी भएकाले पालिकाका अन्य नागरिकको लागी पनि गाउँपालिकाले सहयोग गरीरहेको बताउनु भयोे ।

यस्तै गाउँकार्यपालिको बैठकले बम बहादुर मात्र होइनन पालिकामा आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थिलाई समेत आर्थिक सहयोग गरेको छ ।

घरको आर्थिक अवस्था कमजोर भएका तर केही गर्न चाहाने ४ जना विद्यार्थिहरुलाई ५ लाख आर्थिक सहयोग गरेको अध्यक्ष बिसीले बताउनुभयो

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.