संगठन सुदृढीकरणका लागि “विद्यार्थिसंग अखिल क्रान्तिकारी” अभियानः मंगलसेनमा गरियो उदघाटन

Kirci Gyan Kendra

अछामः

Samajik New Add 2082

अनेरास्ववियू क्रान्तिकारी अछामले विद्यार्थीसग अखिल क्रान्तिकारी तथा सङ्गठन सुदृढीकरण अभियानको शुभारम्भ गरेको छ । मंगलबार अछाम बहुमुखी क्याम्पसमा एक विशेष कार्यक्रम सहित अभियानको उदघाटन गरिएको हो ।

विद्यार्थी सँग अखिल क्रान्तिकारी भन्ने मूल नाराका साथ संगठनको आयोजनामा अभियानको थालनी गरिएको हो । संगठनका जिल्ला अध्यक्ष लाल बहादुर साउको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा अखिल क्रान्तिका केन्द्रीय उपाध्यक्ष मदन भुल रोशन रहनु भएको थियो । प्रमुख अतिथिको आशनबाट बोल्दै केन्द्रीय उपाध्यक्ष भुलले नेपालको राज्य व्यवस्था दालाल पुँजीवादी व्यवस्था रहेकाले यसलाई समाप्त गरेर वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताउनु भयो । देशैभर सङ्गठन सुदृढीकरण अभियान सञ्चालन भएकाले आगामी दिनमा शैक्षिक क्षेत्रका तमाम विकृतिका विरुद्ध लड्न आम युवा विद्यार्थी क्रान्तिकारीमा गोलबद्ध हुनु जरुरी रहेको र समाजवादी आन्दोलनको थालनी गर्नुपर्ने उहाँले बताउनुभयो ।

Saud Agro Kailash

कार्यक्रमका विशिष्ट अतिथिमा वाई सि एल नेपालका सुदूरपश्चिम प्रदेश कमिटी संयोजक शिव बहादुर बोगटी रहनु भएको थियो । संयोजक बोगटीले देशैभर क्रान्तिकारीको सङ्गठन बलियो रहेको बताउँदै अछाम जिल्लामा पनि अखिल क्रान्तिकारीको सङ्गठनलाई बलियो बनाउनु पर्ने कुरामा जोड्दिनु भएको छ ।

कार्यक्रममा माओवादी केन्द्रका नेता सनम बोहरा, अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष दीपक डिसी, केन्द्रीय अनुशासन आयोगका सचिव दीपक रोकाया, केन्द्रीय लेखा आयोगका सचिव गम्भीर साउद, केन्द्रीय सचिवालय सदस्य पदम काफ्ले, प्रदेश कमिटी उपाध्यक्ष बैजन्ती कुवर, केन्द्रीय सदस्य मीन बाब्ली, सुदूरपश्चिम प्रदेश कमिटी सचिव भीमसेन ताम्राकार, कैलाली जिल्ला अध्यक्ष शिवराज सञ्जाल, बाजुरा जिल्ला अध्यक्ष खेम बहादुर साउद, सुप विश्वविद्यालय राष्ट्रिय कमिटी उपाध्यक्ष भूपेन्द्र रावल, प्रदेश कमिटी सदस्य नवीन संज्याल, लक्ष्मण कुवर, कैलाली जिल्ला उपाध्यक्ष उपेन्द्र शाह लगायतका अतिथि रहनुभएको थियो ।

संगठन सुदृढीकरणका लागि विद्यार्थ संग अखिल क्रान्तिकारी अभियान संचालन गरेको संगठनले जिल्लाभरी अखिल क्रान्तिकारीलाई चलायमान बनाउँन सक्रिय रहने जनाईएको छ ।  अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष कमल थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव राकेश साउद ले गर्नु भएको थियो ।

हेर्नुहोस केही तस्बिरहरुः

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.