मेल्लेखमा साैर्य उर्जा उत्पादनकाे लागि भाैगाेलिक अध्ययन

लाल बहादुर चदारा, मेल्लेखः

Samajik New Add 2082

अछामको मेल्लेख गाउपालिकामा साेलार बाट १० मेगावाट साैर्य उर्जा उत्पादन गर्ने हेतुले मंगलबार एक टाेलिद्वारा भाैगाेलिक स्थलगत अध्यन तथा सर्बेक्षण कार्य गरिएको छ । गाउँपालिका अध्यक्ष ज्वालासिंह साउद नेतृत्वयको टोलिले मेल्लेख गाउँपालिका वडा नम्वर ४ कुस्काेटकाे मुसिराैन, बड्डासैन फुलचडाउनेमा रहेकाे जग्गाको अवलोकन गरिएको हो ।

सौर्य प्लान्टका लागि आश्यक २५० राेपनि जग्गा त्याहाँलका स्थानीयले उपलब्ध गाराउने भएपछि भाैगाेलिक सर्बेक्षण गरेकाे जनाईएको छ । मेल्लख गाउपालिकाकाे समन्वय, सहकार्य र इस्काई ब्लिउ टेक्नाेलाेजि नेटवर्क लिमिटेड नेपालकाे प्राबिधिक तथा आर्थिक सहयोगमा साे परियाजनाकाे सर्बे कार्य समेत सुरु गरिएकाे छ । अनुगमन टाेलिलिले आयोजनाका लागि उक्त ठाउँ उपयुक्त रहेकाे निष्कर्ष निकालेका छन ।

टाेलिमा स्काई ब्लिउ टेक्नाेलाेजि नेटवर्क लिमिटेड नेपालका डाइरेक्टर सेलिना बस्नेत, बाजुरा बुढिगंगा नगरपालिका निवर्तमान मेयर दिपक बिक्रम शाह, मेल्लेख गाउपालिका वडा न . १ का वडा अध्यक्ष दिल बहादुर धामि, २ का अध्यक्ष कुशलराज बुढा, ४ का अध्यक्ष चन्द्रबहादुर साउद, नेकपा माओवादी केन्द्रका मेल्लेख ईन्चार्ज भिम बहादुर बुढा (सुवास) लगायत इलाेक्ट्रोनिक प्राबिधिक सहितकाे सहभागिता रहेकाे थियाे ।

2 Comments
  1. Narendra Saud says

    धरै राम्रो भैराछ हाम्रो गा.पा.मेल्लेख मा अझै राम्रो हुँदै जाउ

    1. कमल रावल says

      ok tq for comment

Leave A Reply

Your email address will not be published.