हरियाली, स्वच्छ सफा चौरपाटी वनाउन बृक्षाराेपण

हरियाे चाैरपाटी, स्वच्छ सफा चौरपाटी भन्ने नाराका साथ चौरपाटी गाउँपालिका अध्यक्ष भीम बहादुर साउदले श्रीखण्ड र फलफुलका बिरुवा बृक्षाराेपण गर्नु भएकाे छ । अध्यक्ष साउद सहितकाे टाेलीले नव निर्मित गाउँपालिकाकाे भवनकाे आगन र मष्टाबन्डाली देवस्थिल चाैरमाण्डाैमा बृक्षराेपण गरिएकाे गाउँपालिकाले जानकारी दिएकाे छ ।

Everest Incitute

बृक्षराेपण कार्यक्रममा अध्यक्ष साउदले विरुवा राेप्दा वातावरण हरियाली हुनुका साथै मानविय स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने भन्दै वाँझाे जग्गा र नाङ्गा डाडाँमा बृक्षराेपण गर्नु पर्नेमा जाेड दिनु भयाे ।

डिभिजन वन कार्यालय अछाम र चाैरपाटी गाउँपालिका कृषि विकास शाखा चाैरपाटीकाे सहयाेगमा बृक्षराेपण गरिएकाे थियाे । बृक्षराेपण कार्यक्रममा श्रीखण्ड, अनार, मौसमी, ईमिला लगायतका फलफुलका बिरुवा राेपिएका छन ।

बृक्षराेपण कार्यक्रममा गाउँपालिका अध्यक्ष साउद सहित गाउँपालिका कर्मचारीहरु सहभागिता रहेकाे थियाे ।

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.