मंगलसेन महिला बहुउदेश्यीय सहकारी संस्थाको उदघाटन समारोह सम्पन्न, बन्दसत्र भोलि हुने

Purnima Mobile
Samajik Bal biwaha

टेक बहादुर थापा : जिल्ला समन्वय समिती अछामका प्रमुख ललित कुवरले सहकारीको विकासका लागि आफ्नो क्षेत्रबाट सहयोग रहने प्रतिबद्धता जनाउनु भएको छ । सहकारीले समाज रुपान्तरणका क्षेत्रमा काम गरेको भन्दै यसको विकास भएमा समाजमा रहेका विभिन्न सानातिना समस्याहरु आफै समाधान भएर जाने बताउनुभयो ।

Mangala Bharna

सहकारीले गाउँघरका आर्थिक अवस्था कमजोर भएका नागरिकको आर्थिक अवस्थामा सुधार ल्याउनुका साथै सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने काम समेत गरेकाले राम्रा काममा आफ्नो साथ र सहयोग रहने बताउनुभयो । मंगलसेन महिला बहुउदेश्यीय सहकारी संस्था मंगलसेनको २० औ साधारण सभामा प्रमुख अतिथीको आशनबाट बोल्दै समन्वय प्रमुख कुवरले मंगलसेनमा स्थानपना भएको यो सहकारी संस्थाले समाजमा राम्रो काम गरेकोमा प्रशंसा गर्दै आगामी दिनमा यस संस्थाले संचालन गरेको सुरक्षित महिला अवास गृह सेफ हाउसको विकासका लागी अन्य पालिका संग समन्वय गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

Mellekh RM1
Saud Agro Kailash

कार्यक्रममा बिशिष्ट अतिथीको आशन बाट बोल्दै जिल्ला बचत तथा ऋण सहकारी संस्था अछामका अध्यक्ष चन्द्र प्रसाद भण्डारीले सहकारीले बचत भर्ने र ऋण लगानी गर्ने काम मात्रै गर्नुभन्दा पनि समाज रुपान्तरणका क्षेत्रमा काम गरेको बताउनु भएको छ । सहकारी मार्फत ठुल ठुला आर्थिक क्रान्तीहरु भएकाले विभिन्न उदेश्य राखेर स्थानपना भएका सहकारीले आफ्नो उदेश्य अनुसार काम गरेमा समाजको गरिबि हटेर जाने विश्वश ब्यक्त गर्नुभयो ।

महिलाहरु आर्थिक रुपमा सम्पन्न नभए सम्म उनीहरु अन्य सामाजिक कार्यमा पनि अगाडी आउन नसक्ने भएकाले यसलाई मध्यनजर गर्दै सहकारी संस्थाले काम गर्न सुझाव दिनुभएको छ । कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिकाका उप प्रमुख संगीता रावल सोडारी र निर्वमान उप प्रमुख सरिता उपाध्याले यो सहकारीले राम्रो काम गरेको भन्दै आगामी दिनमा यसको विकासका लागी आफ्नो क्षेत्रबाट सकारात्मक सहयोग रहने प्रतिबद्धता जनाउनु भएको थियो ।

सहकारी संस्थाका अध्यक्ष मनकला न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र बहादुर बिष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा मंगलसेनका प्रमुख मञ्जु महत, रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा लगायते शुभकामना मन्तब्य राख्नु भएको थियो ।

कार्यत्रममा संस्थाका कोषाध्यक्ष सरिता बिष्टले संस्थाको ७३ लाख भन्दा बढीको आयव्याय प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन कविता बिकले गर्नुभएको थियो । संस्थाको नया नेतृत्व चयनका लागी शुक्रबार बिहान ११ बजेबाट बन्द सत्र सुरुहुने अध्यक्ष न्यौपानले जानकारी दिनुभएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.