चौरपाटीमा नव निर्मित आधारभुत अस्पतालको भवन तथा २४ घण्टे आकस्मिक उपचार सेवाको उदघाटन गरियो

Kirci Gyan Kendra

चौरपाटी गाउँपालिकामा चौरमाण्डौँ आधारभुत अस्पतालको नव निर्मित भवन तथा २४ घण्टे आकस्मिक उपचार सेवाको शुभारम्भ गरिएको छ । भवन निर्माण पश्चात् सबै सेवासुचारु पछि २४ घण्टा सेवा दिने उदेश्यका साथ जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुवरले रिवन काटेर उदघाटन गर्नु भएको हो ।

Samajik New Add 2082

उदघाटन पश्चात् बोल्दै प्रमुख अतिथि कुवरले भवन मात्र नभई, दक्ष जनशक्ति साधन स्राेत राज्यको तर्फबाट हुनुपर्नेमा जोड दिनु भयो । हरेक स्थानीय तहले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर काम गरे प्रगति हुने बताए ।

कार्यक्रमका बिशिस्ट अतिथि जिल्ला बिकास समिति अछाम र काग्रेस अछामका पुर्व पार्टी सभापति भरत कुमार स्वारले स्वास्थ्य क्षेत्रमा भौतिक संरचना निर्माणका लागि आफ्नो कार्यकालमा थुप्रै काम गरेको बताउनु भयो । उदघाटन संगै सेवा प्रभावकारी आगामी दिनमा हुदै जानुपर्ने बताउनु भयो ।

Saud Agro Kailash

कार्यक्रमका अध्यक्ष चौरपाटी गाउँपालिकाका अध्यक्ष भिम बहादुर साउदले दिगो पनाका लागि गुणस्तरीय सेवाका लागि पालिकाको तर्फबाट पुर्ण सहयोग हुने बताए । जनताको माझमा गरेको प्रतिबद्धता अनुसार स्वास्थ्य पहिलो प्राथमिकता राखेकाले उदघाटन गरेर सेवा सुचारु गरेको बताउनु भयो । दुखी, गरिब तथा स्वास्थ्यको क्षेत्रबाट बाहिर रहेका हरेक नागरिकलाई स्वास्थ्य सेवामा पहुच बढाउदै जाने बताए ।

अतिथि चौरपाटी गाउँपालिकाका निवर्तमान अध्यक्ष हर्क बहादुर साउदले जनप्रतिनिधि सेवक भएकाले जनताको पक्षमा निरन्तर काम गर्नुपर्ने सुझाव दिनु भयो । स्वास्थ्यका कर्मचारी लगनशील भएर काम गर्न आग्रह गर्दै जागिर भन्दा पनि सेवालाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्यकर्मीलाई काम गर्न निर्देशन दिए ।

कार्यक्रममा वडा नम्बर ५ अध्यक्ष हिमकर्ण खडका, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य राम बहादुर आउजी, नेपाली काग्रेसका कल्लान थापा, नेकपा माओवादी केन्द्रका राम बहादुर थापा, न्याय हेल्थ नेपालका हिम विश्वकर्मा, पत्रकार महासंघका सुदुरपश्चिम प्रदेश सदस्य तपेन्द्र कुवरले शुभकामना सहित सुझाव मन्तव्य राख्नु भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत धन बहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन स्वास्थ्य शाखा संयोजक कमल साउदले गर्नु भएको थियोे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.