कांग्रेस अछामको अन्तिम बैठक सम्पन्न, कार्यकाल सफल बनाउन सहयोग गर्नेलाई धन्यवाद ज्ञापन

‘हालसम्म पार्टीको लेबी नबुझाएकाहरुको उम्मेद्धारी अयोग्य गराउन निर्वाचन समितीलाई आग्रह गर्ने कांग्रेस अछामको निर्णय‘

Purnima Mobile
Samajik Bal biwaha

अछाम । नेपाली कांग्रेस जिल्ला कार्य समिती अछामको ७० औँ बैठक मंगलबार सम्पन्न भएको छ । १३ औँ महाधिबेशन बाट निर्वाचित जिल्ला कार्य समितीको अन्तिम बैठकका रुपमा आज बसेको बैठकले बिभिन्न निर्णय गरेको छ ।

Mangala Bharna

पार्टी सभापती भरत कुमार स्वाँरको सभापतित्वमा बसेको बैठकले पार्टीको भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद ज्ञापन सहित उनिहरुका नाममा सभा हल र कोठा नामाकरण गर्ने निर्णय गरेको छ ।

Mellekh RM1

पार्टी कार्यालय निर्माणका लागि सहयोग गर्ने ३ जनाको नामबाट सभाहल र कोठा नामाकरण गरिने

जसमा बिपी स्मृती भवन निर्माणका लागि महिला नेतृ भुवनेश्वरी शर्माले ३ लाख ५१ हजार आर्थिक सहयोग गरेकोमा उनको नामबाट सभा हललाई नामाकरण गर्ने निर्णय गरिएको छ ।

Saud Agro Kailash

यस्तै माननिय राम बहादुर बिष्टले २ लाख ११ हजार र सुबेच्छुक संस्था समन्वय बिभागका केन्द्रिय सदस्य भक्त ठकुल्लाले २ लाख ५ हजार आर्थिक सहयोग गरेकाले उनिहरुको नामबाट भवनका एकएक कोठा नामाकरण गर्ने निर्णय गरिएको सभापती भरत कुमार स्वाँरले बताए ।

आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै पदाधिकारी, सदस्य, नेता कार्यकर्ता, संघसंगठन, भातृ संस्था र सुबेच्छुक संस्थालाई सभापती स्वाँरले धन्यवाद ज्ञापन गरेका थिए ।

१४ औँ महाधिबेशनको पूर्व सन्ध्या सम्म पनि पार्टीको लेबी नबुझाएकाहरुको नामावली हरेक निर्वाचन समतिलाई दिने र लेबी नबुझाई उम्मेद्धारी दिए अयोग्ग गराउन निर्वाचन समितीलाई आग्रह गर्ने निर्णय पनि कांग्रेस अछामले गरेको छ ।

साथै बैठकले १४ औँ महाधिबेशन लाई भव्य र सभ्य रुपमा सफल पार्न सबै कार्यकर्तालाई सोही तरिकाले लाग्न आग्रह समेत गरेको छ । यस्तै १४ औँ महाधिबेशनमा सकेसम्म सबै तहका निर्वाचन सर्बसम्मत बनाउन अपिल गर्ने निर्णय पनि गरिएको छ ।

पार्टीको अन्तिम बैठकको संचालन जिल्ला कमिटी सदस्य रामबहादुर कुवँरले गरेका थिए ।

 

-Sudooraaja

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.