भारत, चीन र अमेरिकाबाट नेपालका राजदूत फिर्ता
सरकारले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । मंगलवार बसेको मन्त्रीपरिषद् बैठकले राजनीतिक नियुक्तिबाट गरिएका सबै राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरिएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
राजनीतिक नियुक्तिबाट बंगलादेश, चीन, भारत, अमेरिका, बेलायत, इजरायल, दक्षिण अफ्रिका, कतार, स्पेन, मलेसिया र ओमानमा राजदूतहरू नियुक्त भएका थिए । मन्त्रिपरिषद्को नियुक्तिसँगै उनीहरू अब स्वदेश फिर्ता हुनुपर्ने भएको छ । यसअघि सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यससँगै नेपालका २२ देशमा राजदूत पद खाली भएका छन् ।
पूर्णबहादुर खड्का नेतृत्वकाे कार्यदलकाे सुझाव अनुसार ओली सरकारले नियुक्त गरेका राजदुत फिर्ता बाेलाइएकाे हाे । स्रोतले रातोपाटीसँग भन्यो, ‘जापानकी राजदूत प्रतिभा राणाबारे भने कुनै निर्णय भएकाे छैन, उहाँलाई ओली सरकारले नियुक्त गरेकाे हाेइन ।’
-Ratopati