अछाम पुर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषण

Purnima Mobile
Samajik Bal biwaha

टेक बहादुर थापा : अछाम जिल्लालाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषण गरिएको छ । खोप लगाउने उमेर समुहका जिल्लाका १० स्थानीय तहका १६ देखी २३ महिनाका ३८५१ बालबालिकाको घरधुरी सर्वेक्षण गरिएपछि शनिबार एक कार्यक्रमका विच जिल्लालाई पूर्णखोप सुनिश्चितता जिल्ला घोषण गरिएको हो ।

Mangala Bharna

जिल्ला खोप समन्वय समितीका संयोजक तथा जिल्ला समन्वय समिती अछामका प्रमुख ललीत बहादुर कुवरको अध्यक्षतामा भएको घोषण कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैका प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै उहाले अछाम जिल्लाको स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्नका लागी आफ्नो क्षेत्रबाट सहयोग रहने प्रतिबद्धता जनाउनु भएको छ ।

Mellekh RM1

अहिलेपनि अछाम जिल्लाको स्वास्थ्य क्षेत्रका विभिन्न खालका समस्या रहेकाले यी समस्या समाधान गर्नका लागी आफ्नो तर्फबाट कुनैपनि कुराको कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो । पहाडका जिल्लाहरुमा पर्याप्त उपकरण, बिशेषज्ञ डक्टरहरुको अभाव कायमै रहेकाले यी समस्याहरु समाधान गर्न लागीपर्ने उहको भनाई थियो ।

प्रदेशका योजनाहरु आवश्यक्ता भन्दा पनि कमीशनको आधारमा आउने गरेकोमा दुख ब्यक्तगर्दै उहाले यो प्रवृतिको अनत्य गर्नुपर्नेमा जोड दिनुभएको छ । जनताको प्रत्यक्ष सरोकार जोडिएका योजनालाई पहिलो प्राथामिकता दिनुपर्ने भन्दै जिल्ला अस्पताल अछाम र बयालपाटा अस्पतालको विकासका लागि मन्त्रालयमा गएर जानकारी गराउने उहाको भनाई थियो ।

Saud Agro Kailash

घोषण कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोेहराले आफुहरुले पटक पटक जिल्लाको स्वास्थय क्षेत्रको विकासका लागी अनुरोध गरेपनि प्रदेश सरकार बाट उपेक्षा मात्रै भएको गुनासो गर्नुभएको छ ।

जिल्ला अस्पतालको समस्या अहिले पनि निकै दयनीय रहेकाले यसको विकासका लागी थुप्रै मन्त्रीहरुलाई हार गुहार गरेपनि अहिले सम्म कुनै सुनुवाई नभएको नगर प्रमुख बोहरोको भनाई थियो । यसभन्दा अघिपनि प्रदेश सरकारलाई पटक पटक यस क्षेत्रको स्वास्थ्य समस्याका बारेमा जानकारी गराएको तर कहिले पनि बजेट विनियोजन नभएको उहाको गुनासो थियो ।

घोषणसभा कार्यक्रममा जिल्लाका १० वटै पालिकाका १६ देखि २३ महिनाका बालबालिकाहरुको घरधुरी सर्वेक्षण गर्दा सबै बालबालिकाहरुले खोप लगाए पनि अझैपनि जिल्ला भरका ३७ जना बालबालिका खोप लगाउन बाट बञ्चित भएको जानकारी बरिष्ठ जनस्वास्थ्य अधिकृत ढुगानाले जानकारी गराउनु भएको थियो । रामारोशन गाउँपालिकामा १५ जना र मंगलसेन नगरपालिकामा २२ जना बालबालिका छुटेका बताईएको छ ।

कार्यक्रममा अछामका प्रमुखजिल्ला अधिकारी विश्वराज मरासेनी, नेकपा एमालेका जिल्ला कमीटी सचिव भिम बहादुर रावल, नेपाली काग्रेसका उपसभापति नयाराम बजगाई, साफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुवर, कमलबजार नगरपालिकाका प्रमुख यज्ञ प्रसाद ढकाल, नेकपा एकीकृत समाजवादीका पूर्ण बहादुर राना, अस्पताल विकास समितीका अध्यक्ष शिव बहादुर बोगटी, गैससका लोक बहादुर नेपाली लगायतले मन्तव्य राख्दै यसको दिगोपनामा जोड दिनुपर्ने सुझाव दिनुभएको थियो ।

कार्यक्रममा जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्थाका बारेमा बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले जानकारी गराउनु भएको थियो भने कार्यक्रमको संचालन जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.