मंगलसेन नगरपालिकाको सूशासन समितीद्धारा विभिन्न निर्णय पारित

Purnima Mobile
Kirci Gyan Kendra

मंगलसेन नगरपालिकाको सूशासन समितीको बैठकले विभिन्न निर्णय पारित गरेको छ । समिति संयोजक ज्ञानेन्द्र वहादुर वोहराको अध्यक्षतामा वसेको वैठकले नगरपालिकाका शाखा उपशाखा, वडा कार्यालय र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको जिम्मेवारी आवश्यकताका आधारमा हेरफेर गर्ने, नगरपालिकाको नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न नगरप्रमुख संग प्रमुख प्रशासकीय अधिकृत, प्रमुख प्रशासकीय अधिकृतसंग शाखा प्रमुख तथा शाखा प्रमुख संग अन्य कर्मचारीहरुको कार्यसम्पादन करार गरी सोको मुल्याङ्कनको आधारमा कर्मचारिहरुको कार्यसम्पादन मुल्याङ्कन गर्ने लगाएतका निर्णय गरेको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

त्यसैगरी नगरपालिकाको करार सेवामा कर्मचारी आवश्यकता, भर्ना, सेवा करार अवधि, कर्मचारीहरुको सेवा सूविधा तथा वृति विकास, कार्यसम्पादन लगायतका विषयलाई व्यवस्थापन गर्न मंगलसेन नगरपालिकाको करार सेवा व्यवस्थापन मापदण्ड निर्माण गरि लागु गर्ने र नगरको आ व २०७९।०८० को नीति तथा कार्यक्रम अन्तर्गत नगर सरकार जनताको घरघर कार्यक्रम कार्यान्वयन गर्न साउन ६ गते देखि सामाजिक सुरक्षा संगै एकिकृत सम्पति कर तथा व्यापार व्यवशाय दर्ता कार्यलाई सवै वडामा घुम्ति सेवा संचालन गरि सेवा प्रवाह गर्ने निर्णय गरेको सुचना अधिकारी विष्णुप्रसाद जैसीले जानकारी दिनु भयो ।

Mellekh RM1

वैठकमा विशेष आमन्त्रितको रुपमा नगर प्रमुख पदम वहादुर वोहरा, उप प्रमुख संगिता कुमारी रावल, प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र वहादुर सोडारी लगायत वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.