ऋषिदहमा गैसस सहयाेग इकाई स्थापना

Kirci Gyan Kendra

मेल्लेख गाउँपालिका वडा नम्बर २ ऋषिदहमा कार्यक्षेत्र बनाएर काम गरिरहेका संस्थाहरुले गैरसरकारी सहयाेग इकाई स्थापना तथा हस्तान्तरण गरेका छन । वडा अध्यक्ष कुशलराज बुढाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा अध्यक्ष बुढाले सहयाेग इकाईकाे बाेर्ड उच्चारण गरेर तथा वाक नेपाल, आस्था नेपाल र सेवक नेपालका प्रतिनिधिलाई कार्यालयकाे साँचाे हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।

Samajik New Add 2082

वाक नेपालकाे विशेष पहलमा अछामकाे एउटा दुर्गम ठाउँको वडा सरकारले प्रत्येक संस्थाका अलग – अलग टेबुल तथा सुझाव पेटिका सहित वाईफाई, फाेटाेकपी तथा प्रिन्ट मेशिन राखेर पक्की भवनमा गै.स.स. सहयाेग इकाई स्थापना गरेकाेमा अछाम जिल्ला मै विल्कुलै नविनतम् र प्रसंशनीय कार्य गरेकाे भन्दै गै.स.स. प्रतिनिधिहरुले खुसी व्यक्त गरेका छन् ।

Saud Agro Kailash

कार्यक्रममा सम्पुर्ण गैर सरकारी संस्थाहरुकाे तर्फबाट बाेल्दै वाक नेपालका भुपेन्द्र भण्डारीले “हामी संस्थाहरूलाई वडा कार्यालय कै छाना मुनि राखेर अभिभावकत्व दिनु भएकाे छ, गै.स.स. सहयाेग इकाई कार्यालय मात्रै नभई हामी संस्थाहरुका लागि वडा कार्यालयले दिएकाे माया हाे, सम्मान हाे र बासस्थान हाे” भन्ने कुरा राख्नु भएकाे थियाे ।

त्यस्तै वडा अध्यक्ष कुशलराज बुढाले गै.स.स. प्रतिनिधिलाई लाई स्वागत गर्दै अब संस्था बाट दिईने सेवा सुविधा समुदायमा कसैलाई काखा पाखा नगरी पाउनै पर्नेले पाउने र संस्था तथा वडाले आर्थिक तथा सामाजिक हिसाबमा पनि हातेमालाे गरेर अघि बढ्नु पर्ने तथा याे गै.स.स. सहयाेग इकाईले वडा कार्यालय, गै.स.स. र वडाबासीहरुलाई जाेड्ने पुलकाे काम गर्ने भएकाेले आफ्नाे तर्फ बाट हुने सहयाेगमा कुनै पनि कञ्जुस्याईँ नहुने भन्दै याे सहकार्यका लागि सबै संस्थाहरूलाई धन्यवाद समेत दिनु भएकाे छ ।

नवनिर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु, पुर्व जनप्रतिनिधिहरु, शिक्षक, समाजसेवी, बुद्धिजीवी तथा वाक नेपाल, आस्था नेपाल र सेवक नेपालका प्रतिनिधिहरु लगायतकाे सहभागीता रहेको कार्यक्रमकाे संचालन वडा सहायक धन बहादुर बुढाले गर्नु भएकाे थियाे।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.