चौरपाटीका ४ जना साहारा बिहिन बालबालिकालाई ६/६ हजारका दरले आर्थिक सहयोग

कालू बोहरा : चाैरपाटी गाउँपालिकाका टुहुरा वालवालिकालाई आर्थिक सहयाेग गरिएको छ । सामाजिक विकास कार्यालय अछामकाे सहयोगमा साहारा विहिन बालबालिकाका लागि बैकल्पिक हेरचाह कार्यक्रम अन्तरगत ४ जनालाई आर्थिक हस्तान्तरण गरिएको हो ।

चौरपाटी गाउँपालिका वडा नम्बर १ नम्बर १ का २ जना र ७ का २ जना गरि ४ जना बालबालिकालाई ६ हजारका दरले २४ हजार आर्थिक सहयोग गरिएको सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख धनराज धामीले बताउनु भयो । टुहुरा वालवालिकालाई विद्यालय पाेशाक तथा शैक्षिक सामाग्री सहयाेग हाेस भन्ने हेतुले आर्थिक सहयाेग गरेकाे प्रमुख धामीले बताए ।

Janahitkari notice EYE

वडा नम्बर १ का अध्यक्ष वीर बहादुर थापाकाे अध्यक्षतामा भएकाे सहयाेग हस्तान्तरण कार्यक्रममा चाैरपाटी गाउँपालिकाका कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमकाे सञ्चालन सामाजिक विकास कार्यालय अछामका प्रशासन सहायक कृष्ण उपाध्यायले गर्नु भएकाे थियाे ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.