नवौँ राष्ट्रिय खेलकुदका लागि १२ उपसमितिको संयोजक र सचिव तोकिए

Purnima Mobile
Kirci Gyan Kendra

काठमाण्डाै : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि गठन गरिएका १४ उपसमितिमध्ये १२ वटा उपसमितिको संयोजक र सचिव तोकिएका छन् । गण्डकी प्रदेशमा हुने प्रतियोगिताका लागि कार्यकारी समितिले १२ उपसमितिको संयोजक र सचिव तोकेको हो ।

Samajik New Add 2082

समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टङ्कलाल घिसिङले १२ उपसमितिको संयोजक र सचिव तोकिएको र बाँकी दुई वटाको छिट्टै तोकिने बताएका छन् ।

Mellekh RM1
Saud Agro Kailash

समारोह उपसमितिको संयोजकमा एकेन्द्र कुँवर, सचिवमा शारिङ्गन निरौला, प्रविधिक उपसमितिको संयोजकमा हिमालराज दाहाल, सचिवमा प्रचण्ड शर्मा, खेलस्थल व्यवस्थापन उपसमितिको संयोजकमा राजेश गुरुङ, सचिवमा कृष्णप्रसाद तिमल्सिना, बसोबास व्यवस्थापन उपसमितिको संयोजकमा राजकुमार थापा र सचिवमा चन्द्रकुमार राई रहेका छन् ।

त्यस्तै, अनुशासन उपसमितिको संयोजकमा पेमा लामा, सचिवमा नारायणराज अर्याल, स्वास्थ्य उपसमितिको संयोजकमा डा. बुलन्द थापा, सचिवमा डा. ज्ञानेद्र विक्रम शाह, यातायात व्यवस्था उपसमितिको संयोजकमा प्रकाश कुसारी, सचिवमा देवराज कटुवाल, प्रचारप्रसार उपसमितिको संयोजकमा दिपेन्द्र विष्ट, सचिवमा खुसराज दाहाल, खेल सामग्री तथा पोसाक व्यवस्थापन उपसमितिको संयोजकमा अन्जन धमला, सचिवमा सुजन खतिवडा, स्रोत परिचालन उपसमितिको संयोजकमा सूर्य भण्डारी, सचिवमा सरोज कुमार पोखरेल, स्वयंसेवक उपसमितिको संयोजकमा जनक बर्तौला, सचिवमा लिलाराम बस्नेत र एन्डीडोपिङ उपसमितिको संयोजकमा नमिसमान प्रधान, सचिवमा दोब्रे तामाङ रहेका छन् ।

सुरक्षा प्रबन्ध उपसमिति र अनुसन्धान उपसमितिको संयोजक र सचिव तोकिएको छैन । नवौँ राष्ट्रिय खेलकुद आउँदो असोज २८ देखि कात्तिक ३ गतेसम्म हुनेछ । प्रतियोगितामा सात वटा प्रदेश, तीन विभाग र एनआरएनए गरी ११ टोलीले ३६ खेलमा प्रतिस्पर्धा गर्ने छन् ।
उज्यालो अनलाइन

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.