गएरातीको बर्षाले वलिगाउ, लुगाडा, खिमाडा, बान्नातोलि र कालागाउसम्मको सडकमा पहिरो आउदा सवारी साधन अबरुद्ध भएका छन । वडा नम्बर ८ अन्तर्गत पर्ने कालाखोला नजिक मोडमा पहिरो आउदा सडक पुरै ढाकिएपछी नियमित चल्ने यातायातका साधन मोटरसाइकल, जिप र ट्याक्टर चल्न बन्द भएका छन ।
सडक सुचारु गर्नका लागि नगरपालिकासंग समन्वय भईरहेको वडा नम्बर ८ का अध्यक्ष ज्ञानेन्द्र बोहराले बताउनु भयो । जनशक्ति प्रयोग गरेर तत्काल सडक सुचारु गर्न सम्भव नभएकाले नगरको डोजर नै प्रयोग गर्नु पर्ने अबस्था आएको अध्यक्ष बोहराले बताउनु भयो ।

तत्काल बर्खाको समय भएकाले अहिले समस्या आईपरेकाले वैकल्पिक बाटो प्रयोग गर्न समेत सर्वसाधारणलाई उहाँले आग्रह गर्नु भयो । यस्तै यसअघिको नियमित बर्षाले २ हप्तादेखि कैलाशखोला ओलिगाउ सडक समेत अबरुद्ध रहेको छ ।
