मंगलसेन नगरपालिका द्धारा जनतालाई सहजताका लागि वडामै घुम्ती सेवा सञ्चालन

टेकराज भण्डारी, साउन ७, अछामः

अछामको मंगलसेन नगरपालिकाले नगरका सबै वडामा घुम्ती सेवाकाे सुरुवात गरेकाे छ । नगरपालिकाका १४ वटै वडामा नागरिकलाई विभिन्न सेवा दिने उद्देश्यले घुम्ती सेवा सुरु गरिएको हाे ।

Janahitkari notice EYE

शुक्रबारदेखि नगरकाे वडा नम्बर १३ बस्तीबाट घुम्ती सेवा शुरु गरिएको नगरपालिकाका सुचना अधिकारी बिष्णुप्रसाद जैसीले बताउनु भयाे । सेवामा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीकाे विवरण नवीकरण, एकीकृत सम्पत्ति कर (जग्गाको बाली तिर्ने) बुझाउने तथा व्यापार व्यवसाय दर्ता तथा नविकरण गर्ने कार्य समेत भैरहेकाे छ ।

वडा नम्बर १३ काे बस्तीमा ३ टाेलमा सेवा सञ्चालन हुने छन् । नगरबाट टाढा रहेका बस्ती, कालागाउँ, बान्नाताेली लगायतका क्षेत्रका नागरिकलाई घरदैलोमै सेवा दिने उद्देश्यले सबै वडामा घुम्ती सेवा सञ्चालन गरिएको नगरपालिका प्रमुख पदम बहादुर बाेहराकाे भनाइ छ । बस्तीबाट पचास, एकसय रुपैयाँ एकीकृत सम्पत्ति कर बुझाउन मंगलसेन आउँदा १ हजार बढी खर्च गर्नुपर्ने नागरिकलाई टाेलमै सेवा पाउँदा ठुलाे राहत पुगेकाे शिविरमा सेवा दिईरहेका एमआईएस अपरेटर हाेम साउँदकाे भनाइ छ ।

साथै नगरपालिकाले करकाे दर नभई करकाे दायरा बढाउने लक्ष्य अनुरुप गाउँठाउँमै व्यापार व्यवसाय सञ्चालन गरीरहेकाहरुकाे व्यवसाय दर्ता कार्य समेत भैरहेकाे छ । शुक्रबार र शनिवार बस्तीकाे बाणा र डाँडिगडे टोलमा सेवा प्रदान गरिएको वडा नम्वर १३ का अध्यक्ष हिक्मत बोगटीको भनाई छ । आईतबार बस्ती वडा कार्यालयबाट सेवा प्रदान गरिने जनाईएको छ ।

घुम्ति सेवामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको बिवरण नविकरण गरिनुका साथै एकिकृत सम्पति कर संकलन र २ जनाको व्यवसाय दर्ता तथा ४ जनाको नविकरण कार्य गरिएको छ । साउन महिनाभरी नगरका १४ वटै वडामा भ्याउने गरि घुम्ती सेवा सञ्चालन हुने सूचना अधिकारी जैसीकाे भनाइ छ ।

सामाजिक सुरक्षा भत्ताका लाभग्राहीकाे विवरण नवीकरणका लागि नविकरण, नयाँ दर्ता, ६८ वर्ष उमेर पुगेकाहरुको नयाँ बिवरण संकलन, अधुराे विवरण पूरा गर्ने, मृत्यु भएकाहरुकाे नाम हटाउने लगायतका कार्य भइरहेको छ । यसबाट राज्यकाे स्राेतकाे सदुपयोगमा समेत टेवा पुग्ने मंगलसेन नगरपालिका शुशासन समितिका संयाेजक ज्ञानेन्द्र बाेहराकाे भनाइ छ । विगतमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीकाे विवरण नवीकरण गर्ने मात्रै प्रयाेजनले वडा वडामा सेवा दिने भए पनि याे बर्ष शुशासन समितिको साउन १ गतेकाे बैठकले थप सेवा समेत प्रदान गर्ने निर्णय गरिएको संयाेजक बाेहराले जानकारी दिनुभयाे ।

वडानम्वर १३ मा सञ्चालित घुम्ति सेवाका लागि नगरपालिकाका राजश्व शाखा प्रमुख दीपक खडका, एम आई एस अपरेटर एकेन्द्र बोगटी, वडा सचिव लाल सिंह खनाल, एम आई एस फिल्ड सहायक दिल बहादुर केसी, सहायक कम्प्यूटर अपरेटर डण्डी ढुंगाना लगायतका वडाका जनप्रतिनिधि तथा कर्मचारीहरुको संलग्नता रहेको छ ।

श्रावण ९ र १० गते वडानम्वर १ र २ मा घुम्ती सेवा प्रदान गरिने नगरपालिकाले जनाएको छ ।

केही तस्बिरहरुः

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.