१ सयभन्दा धेरै अङ्कले बढेको शेयर बजारमा हरियाली, चार वटा बाहेक सबै कम्पनीको शेयर बढ्यो

Kirci Gyan Kendra

काठमाण्डौ–

Samajik New Add 2082

शेयर बजार आज बुधवार झन्डै एक सय पाँच अङ्कले बढेको छ । आज बजार खुलेदेखि नै उकालो लागेको नेप्से एक सय ४ दशमलव ८८ अङ्कले बढेर दुई हजार आठ सय १६ दशमलव ९५ विन्दुमा पुगेको छ ।

Saud Agro Kailash

आज कारोबार भएका दुई सय १७ कम्पनीमध्ये चार वटाको बाहेक अरू सबैको शेयर मूल्य बढेको छ । बैंकिङ समूहको शेयर ६१ अङ्कले, विकास बैंक समूहको तीन सय ८१ अङ्कले, जलविद्युतको एक सय ६९, फाइनान्सको दुई सय आठ र माइक्रोफाइनान्स समूहको शेयर एक सय ७० अङ्कले बढेको छ ।

यस्तै व्यापार समूहको एक सय ३२, जीवन बीमा समूहको पाँच सय ५१, निर्जीवन बीमा समूहको चार सय ४१, उत्पादनको एक सय ८२ र अन्य समूहको शेयर ४२ अङ्कले बढेको छ ।

आज १५ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । दुई सय १७ वटा कम्पनीका एक करोड २१ लाख कित्ता शेयर ६ अर्ब १७ करोड ९३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रो कम्पनीको २३ करोड ३४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

 

-ujyaaloonline

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.