पत्रकार कुँवरद्धारा जन्मदिनको खर्च सामाजिक कार्यमा

Purnima Mobile
Kirci Gyan Kendra

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य तथा रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशक तपेन्द्र कुँवरले जन्मदिनको अवसरमा हुने खर्च सामाजिक कार्यमा लगाउनुभएको छ । जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटौति गरेर उहाँले १० हजार रुपैया सामाजिक कार्यमा लगाउनुभएको हो ।

Samajik New Add 2082

प्रदेश सदस्य कुँवरले वाथ रोगका कारण थला परेका साँफेबगर नगरपालिका वडा नं.२ जाल्पादेविका नविन आउजीलाई ५ हजार र वैद्यनाथ वेद विद्याश्रममा स्थापित वैदिक छात्रवृति अक्षय कोषमा ५ हजार सहयोग गर्नुभएको छ । अरुलाई बदल्नु छ भने राम्रा, असल र सकारात्मक पक्षको अनुसरण आफैबाट सुरुवात गर्नु पर्नेमा प्रदेश सदस्य कुँवरको भनाई रहेको छ । जन्मदिन उत्सव हो मनाउनु पर्दछ, तर जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नु गलत संस्कार रहेको उहाँको भनाई रहेको छ ।

Mellekh RM1

वैद्यनाथ वेद विद्याश्रममा स्थापति वैदिक छात्रवृति अक्षय कोषमा भएको सहयोगले विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने वैद्यनाथ वेद विद्याश्रमका निमित्त प्रार्चाय केशवराज जोशीको भनाई रहेको छ । उहाँले सहयोग सानो ठूलो जे भएपनि अभियानको सुरुवात नै ठूलो रहेको बताउनुभयो ।

आर्थिक अभावका कारण उपचार गर्न नसकेका नविन आउजीले उपचारको लागि केही सहयोग पुग्ने बताउनुभयो । आफ्नै घरमा नै आएर आर्थिक सहयोग गरेकोमा पत्रकार कुँवरप्रति उहाँले खुसी व्यक्त गर्नुभयो । प्रदेश सदस्य कुँवरले आगामि दिनमा पनि फजुल रुपमा हुने खर्चलाई सामाजिक क्षेत्रमा छुट्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

Saud Agro Kailash

अघिल्लो वर्षमा पनि कार्यकारी निर्देशक कुँवरले हेल्प अछामलाई सहयोग गर्नुभएको थियो । पत्रकार कुँवरको जन्मदिनको खर्च सामाजिक कार्यमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य तथा रेडियो जनप्रिय एफएमका कार्यकारी निर्देशक तपेन्द्र कुँवरले जन्मदिनको अवसरमा हुने खर्च सामाजिक कार्यमा लगाउनुभएको छ ।

जन्मदिनको अवसरमा हुने फजुल खर्चलाई कटौति गरेर उहाँले १० हजार रुपैया सामाजिक कार्यमा लगाउनुभएको हो ।
प्रदेश सदस्य कुँवरले वाथ रोगका कारण थला परेका साँफेबगर नगरपालिका वडा नं.२ जाल्पादेविका नविन आउजीलाई ५ हजार र वैद्यनाथ वेद विद्याश्रममा स्थापित वैदिक छात्रवृति अक्षय कोषमा ५ हजार सहयोग गर्नुभएको छ ।

अरुलाई बदल्नु छ भने राम्रा, असल र सकारात्मक पक्षको अनुसरण आफैबाट सुरुवात गर्नु पर्नेमा प्रदेश सदस्य कुँवरको भनाई रहेको छ । जन्मदिन उत्सव हो मनाउनु पर्दछ, तर जन्मदिन मनाउने नाममा फजुल खर्च गर्नु गलत संस्कार रहेको उहाँको भनाई रहेको छ ।

वैद्यनाथ वेद विद्याश्रममा स्थापति वैदिक छात्रवृति अक्षय कोषमा भएको सहयोगले विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने वैद्यनाथ वेद विद्याश्रमका निमित्त प्रार्चाय केशवराज जोशीको भनाई रहेको छ । उहाँले सहयोग सानो ठूलो जे भएपनि अभियानको सुरुवात नै ठूलो रहेको बताउनुभयो ।

आर्थिक अभावका कारण उपचार गर्न नसकेका नविन आउजीले उपचारको लागि केही सहयोग पुग्ने बताउनुभयो । आफ्नै घरमा नै आएर आर्थिक सहयोग गरेकोमा पत्रकार कुँवरप्रति उहाँले खुसी व्यक्त गर्नुभयो ।

प्रदेश सदस्य कुँवरले आगामि दिनमा पनि फजुल रुपमा हुने खर्चलाई सामाजिक क्षेत्रमा छुट्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ । अघिल्लो वर्षमा पनि कार्यकारी निर्देशक कुँवरले हेल्प अछामलाई सहयोग गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.