मंगलसेन नगरपालिकाद्धारा आव २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक : हेर्नुहोस पुर्ण पाठ सहित

जिल्लाको मंगलसेन नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । नगरपालिकाले प्रगति प्रतिवेदन सार्वजनिक गर्नुका साथै नगरको समसामयीक विषयमा सुझाव समेत पत्रकारसँग मागेको थियो ।

Everest Incitute

आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै मंगलसेन नगरपालिका प्रमुख पदम बोहराले विगतका वर्ष भन्दा समग्र रुपमा नगरको बिकासले फड्को मार्दै गएको बताउनु भयो । समग्र नगरको बिकास लागि आब २०७८/०७९ मा बृहत् मंगलसेन खेलमैदान, वडा नम्बर ६ मा सडक ग्राभेलको कार्य नमुना कामको सुरुवात भएको बताउनु भयो । मंगलसेन बजारको सडक बिस्तार, हाटबजार ब्यबस्थापनलाई प्राथमिकतामा राखेर काम समेत भईरहेको प्रमुख बोहराले जानकारी दिनु भयो ।

पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले गतबर्षको भन्दा १५ प्रतिशत प्रगति यस बर्ष भएको बताउनु भयो । नगरको सुशासनको पाटोलाई मध्येनजर गर्दै आगामी दिनमा कर्मचारी ब्यबस्थापनलाई ध्यान दिदै काम कारबाही अघि बढाईने बताउनु भयो ।
पत्रकार सम्मेलनमा प्रस्तुत प्रगति प्रतिवेदन :

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.