नेताले आफ्ना-आफ्ना हठ त्यागे वामपन्थी शक्ति एक हुन्छ : केन्द्रीय सदस्य कुवर

नेकपा एकीकृत समाजवादी अछामको चौथो जिल्ला कमिटीको बैठक सम्पन्न 

Purnima Mobile
Kirci Gyan Kendra

तपेन्द्र कुवर : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी अछामको चौथो जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ । जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराईको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि एकीकृत समाजवादीका केन्द्रीय सदस्य, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर रहनु भएको थियो ।

Samajik New Add 2082

बैठकलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य तथा सुदुरपश्चिम् प्रदेश कमिटी उपाध्यक्ष कुँवरले अब आउने केंद्र र संघको चुनावमा तयारीमा लाग्न निर्देशन दिनु भएको छ । अब सरकारले चाडै चुनावको मिति घोषणा गर्ने तयारीमा रहेकाले निर्वाचन केन्द्रित कार्यक्रम गर्नको लागि सुझाव दिनु भएको छ ।

Mellekh RM1
Saud Agro Kailash

उहाँले जिल्लामा प्रदेश र संघको चुनावमा अबको उम्मेदवार को बन्ने भनेर छ्लफल गर्न आग्रह गर्नुभयो । सबै नेताले आफ्ना-आफ्ना हठ त्यागेर एक ठाउमा आएमा वामपन्थी शक्ति विच सहकार्यको सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो । यस्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कुँवरले वेरोजगार युवाका लागि स्वरोजगारका कार्यक्रमको लागि पहल हुँदै आएको बताउनु भयो ।

बैठकमा बोल्दै केन्द्रिय सदस्य अछाम ईन्चार्ज कुल बहादुर कुँवरले अब आउने केन्द्र र संघको चुनावमा समाजवादी पार्टी निर्णायक बन्ने दावी गर्नु भयो । नेकपा एमाले र काग्रेसलाई चुनाव जित्नको लागि समाजवादी आवश्यकता रहेको बताउनु भयो । उहाँले नेकपा एमाले सच्चिएमा एमाले सङ्ग पनि तालमेल हुन सक्ने बताउनु भयो ।

बैठकले साउन १५ गते भित्र पालिका कमिटीका वैठक गर्ने, २० गते भित्र वडा कमिटीका बैठक, भाद्र मसान्तसम्म वाकी रहेका वडा र टोल कमिटी गठन गर्ने निर्णय भएको जिल्ला ईन्चार्ज कुल बहादुर कुँवरले जानकारी दिनु भयो । बैठकमा पार्टीका केन्द्रिय सदस्य, अछाम सहईन्चार्ज मना साउद, शकर भण्डारी, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य एवम् प्रदेश सभा सदस्य बलबहादुर सोडारी, प्रतिनिधि परिषद सदस्य एवम् साँफेबगर नगरपालिकाकाका उपप्रमुख शिव बहादुर कुँवर, राष्ट्रिय प्रतिनिधि परिषद सदस्य देवकला चलाउने, प्रदेश कमिटी सदस्य हिक्मत कुँवर, कल्लान सिह वोगटी, जितबहादुर निशानी, खड्क विष्ट लगायतको सहभागिता रहेको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.