तुर्माखाँद गाउँपालिकामा भोलिबाट ३ दिने घुम्ति शिविर सञ्चालन हुदै

तुर्माखाँद गाउँपालिकामा नागरिकको समस्यालाई मध्येनजर गर्दै ३ दिनसम्म घुम्ति शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाको केन्द्र नजिकै रहेको कालिकेश्वरी मावि तुर्माखाँद ४ मा यहि साउन १३, १४ र १५ गते गरि ३ दिनसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म घुम्ति शिविर मार्फत सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

Samajik New Add 2082

जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला निर्वाचन कार्यालयको समन्वय तथा सहकार्यमा गाउँपालिकाको आयोजनामा संचालन हुने शिविरमा मतदाता नामावलीमा नयाँ नाम दर्ता र नेपाली नागरिकताको प्रमाणपत्र लिन बाँकीलाई नागरिकता प्रदान गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बुढाले बताउनु भयो ।

वडा नं. १ देखि ८ सम्म स्थायी बसोबास गरिरहेका नागरिकहरुले नागरिकता लिन बाकि तथा नयाँ उमेर पुगेका व्यक्तिहरुले घुम्ती शिविरमा आवश्यक कागजात तथा सनाखत गर्ने व्यक्ति साथ स्वयं उपस्थित भई आफूलाई आवश्यक भएको सेवा सुविधा लिन तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसीले आग्रह गर्नु भएको छ ।
यश अघि जिल्लाको ढकारी गाउँपालिकामा समेत घुम्ति शिविर संचालन गरिएको थियोे ।
पूरा सुचना :

Leave A Reply

Your email address will not be published.