अछाममा एसईई परीक्षा २०७८ मा २.४ GPA ल्याउने विद्यार्थी सबैभन्दा बढी

अछाम जिल्लामा एसईई परीक्षा २०७८ को नतिजामा २ देखि २.४ जिपिए अर्थात सि पलसमा उत्तीर्ण हुने विद्यार्थीको संख्या सबैभन्दा धेरै रहेको छ । शिक्षा मन्त्रालयले १.२ देखि ४ जिपिएसम्म गरेको स्तरिकृत अंक अनुरुप २.४ जिपिए अर्थात सि पलसमा १८५५ जना विद्यार्थी उत्तिर्ण भएका छन ।

एसईई परीक्षा २०७८ मा अछाम जिल्लाबाट परिक्षामा सम्मलित ४७५६ विद्यार्थी मध्ये ४ जिपिएमा ४ जना, ३.६ जिपिएमा ३२ जना, ३.२ जिपिएमा १५५ जना, २.८ जिपिएमा ७११ जना, २.४ जिपिएमा १८५५ जना उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय ईकाई अछामका निमित्त ईकाई प्रमुख मदन बिष्टले बताउनु भयो ।

Janahitkari notice EYE

त्यसैगरी २ जिपिएमा १४६८ जना, १.६ जिपिएमा ३२१ जना र १.२ जिपिएमा १४ जना रहेका बिष्टले बताउनु भयो । जिल्ला भरका ४७५६ विद्यार्थी मध्ये १९६ जना अनुपस्थित रहेका थिए ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.