व्यवसायी राजेन्द्र शाहीद्धारा तुर्माखाँदका पहिरोबाट ज्यान गुमाएका आफन्तलाई ५० हजार सहयोग

जिल्लाको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलूका पहिरोबाट ज्यान गुमाएका आफन्तलाई आर्थिक सहयोग गरिएको छ । यहि साउन ९ गते पहिरोले घर पुरिदा अमर बिष्टका भाई विरेन्द्र विष्ट, भतिजा सविधान विष्ट र भाउजु हरिकला विष्टकाे घटनास्थलमै मृत्युु
भएपछि विपदको बेला मलम स्वरुप पंचदेवल विनायक नगरपालिका वडा नम्बर ८ बारलाका युवा व्यवसायी राजेन्द्र शाहीले ५० हजार आर्थिक सहयोग गरेका छन ।

Everest Incitute

कैलाली जिल्लाको टिकापुरमा कंचन खाद्य उधोग प्रालिका संचालन समेत रहेका शाहीले पिडितको घर निर्माण तथा आफन्त गुमाएकालाई राहत पुगोस भन्नेका उदेश्यका साथ सहयोग गरेका हुन ।

शाहीबाट प्राप्त नगद ५० हजार आर्थिक रकम पत्रकार कमल रावलले आर्थिक सहयोग संकलनको अभियान थालेका आफन्त राजेन्द्र बहादुर बिष्टको नबिल बैंकको खाता नम्बर 7710017500782 जम्मा गर्नु भएको हो ।

पिडितलाई नेपाल सरकारको तर्फबाट जिल्ला प्रशासनले ६ लतख हस्तान्तरण गर्नुका साथै विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटिरहेको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.