स्तनपान सप्ताहको अवसरमा मंगलसेन ५ मा अन्तरक्रिया

स्तनपान सप्ताहको अवसरमा मंगलसेन नगरपालिका वडा नम्बर ५ का सुनौला हजार दिनका आमासँग अन्तरक्रिया गरिएको छ । वडा नम्बर ५ का अध्यक्ष झंकर प्रसाद भाटको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी आमालाई स्तनपान गराउदका फाईदा, पोषणको महत्त्वको बारेमा जानकारी गराईएको थियो ।

Everest Incitute

साथै कार्यक्रममा सहभागी आमालाई बच्चा ६ महिना नभएसम्म आमाको दुधमात्र खुवाउन प्रतिबद्ध गराईएको बताईएको छ ।

वडाका जनप्रतिनिधि, वडा सचिव हेमन्त साउद, कर्मचारी, सरोकारवाला सहभागीता रहेको कार्यक्रमको संचालन विद्यालय नर्स तुलसी साउदले गर्नु भएको नगरपालिकाका सुचना अधिकारी विष्णुप्रसाद जैसीले जानकारी दिनु भयो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.