विप्लव नेकपाको महाधिवेशन फागुनमा

Samajik Bal biwaha

तनहुँ : नेत्रविक्रम चन्द विप्लवको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको महाधिवेशन फागुनमा हुने भएको छ।

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा ‘वैज्ञानिक समाजवाद प्राप्तिको लागि सङ्घर्ष गरौं, एकीकृत जनक्रान्तिमा निरन्तर अघि बढौं’ भन्ने नाराका साथ गरिएको केन्द्रीय समितिको बैठकले जनयुद्ध दिवसको अवसर पारेर महाधिवेशन गर्ने निर्णय भएको जिल्ला सहइन्चार्ज निरु थापाले जानकारी दिइन्।

यसअघि कार्तिकसम्म जनवर्गीय सङ्गठनको राष्ट्रिय सम्मेलन गर्ने समेत बैठकले निर्णय गरेको छ। ‘फागुनमा जनयुद्ध शुरु गरेको भएकोले सोही महिनामा महाधिवेशन गर्ने निर्णय भएको छ तर मिति भने तोकिएको छैन,’ उनले भनिन्।

Mangalsen Mun Anurodh

मङ्सिर ८ गते पार्टी स्थापना दिवसको अवसरमा पार्टी पुनर्गठन गर्ने निर्णय समेत भएको उनले बताइन्। भ्रष्टाचारविरुद्धको भण्डाफोरको लागि सडकमा प्रदर्शन गर्ने, स्वास्थ्य सामग्री खरिदका समयमा बाहिर आएका अनियमितता घटनाप्रति पनि पार्टीको गम्भिर ध्यानाकर्षण भएको उनको भनाइ छ।

प्रतिबन्ध फुगुवापछि खुला राजनीतिमा आएर पहिलो पटक केन्द्रीय समितिको बैठक तथा पाँच दिने प्रशिक्षणका क्रममा सो निर्णय भएको पार्टीले जनाएको छ। असोज १ गतेदेखि शुरु भएको बन्द प्रशिक्षण मङ्गलबार राति सकिएको थियो। बन्दीपुर माउन्टेन रिसोर्टमा भएको बन्द प्रशिक्षणमा भाग लिन अरु नेतासहित महासचिव विप्लव आएका थिए।

खुला राजनीतिमा आएको पार्टीले भावी कार्यदिशा बारे जानकारी दिन केन्द्रका अतिरिक्त जिल्ला स्तरका नेता कार्यकर्तालाई प्रशिक्षण दिएको थियो। पार्टीको ११ औं पूर्ण बैठक भएको र खुला राजनीतिमा आएपछि पहिलो भएकोले धेरै एजेन्डा बारे छलफल गर्नुपर्ने भएको उनले बताइन्।

प्रशिक्षणमा केन्द्रीय समितिका ७६ सदस्य सहभागी थिए । बैठकले एमसीसी सम्झौता ‘राष्ट्रघाती’ भन्दै त्यसलाई पास हुन नदिन राष्ट्रवादी शक्तिसँग मोर्चाबन्दी गर्ने निर्णय गरेको थापाले बताइन्। मोर्चाबन्दीसँगै कार्यगत एकता समेत गर्ने निर्णय गरिएको उनको भनाई थियो। विप्लवलगायतको नेताको सुरक्षाका लागि पार्टीका पूर्व जनमुक्ति सेनाका सदस्य र युवा गरी १५० जना खटिएका थिए।

 

-Thahakhabar

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.