“विद्यार्थी संग अखिल (क्रान्तिकारी)” अभियानको मंगलसेनमा उदघाटन

अछामः

Everest Incitute

अनेरास्ववियू क्रान्तिकारी मंगलसेन नगरकमिटीको आयोजनामा संगठन सुदृढीकरण अभियानको उदघाटन गरिएको छ । “विद्यार्थी संग अखिल (क्रान्तिकारी)” भन्ने मुल नाराका साथअभियानको उदघाटन गरिएको हो ।

नगर कमिटी अध्यक्ष हंस केसिको अध्यक्षतामा भएको अभियान उदघाटन कार्यक्रममा संगठनका जिल्ला अध्यक्ष लाल बहादुर साउद प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथी साउदले देशव्यापी रुपमा संचालन भैरहेको संगठन सुदृढीकरण अभियान अन्तर्गत अछाम जिल्लामा पनि पालिका स्तरमा कार्यक्रम उदघाटन भइसकेको बताउनु भयो । संगठन सुदृढीकरण अभियान संचालनलाई जोडतोडका साथ जिल्लाका १० वटै पालिकाभर संचालन गर्दै शैक्षिक बेथिति र बिकृत बिसंगतिका बिरुद्द संघर्ष गर्ने बताउनु भयो ।

सोहि अवसरमा भाद्र महिना भित्र जिल्ला उपाध्यक्ष कमल थापाको कमान्ड रहने गरि मंगलसेन नगरपलिका भित्रका क्याम्पस तथा माध्यामिक विद्यालयहरुमा संगठन बिस्तार गरिसक्न निर्णय गरिएको छ । उक्त कार्यक्रममा उपाध्यक्ष तथा मंगलसेन नगर इन्चार्ज कमल थापा, जिल्ला सचिवालय सदस्य डम्मर अयडी लगायतका अतिथि रहनुभएको थियो । कार्यक्रमको संचालन गौरा साउदले गर्नु भएको थियो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.