सुदूरपश्चिमेली नेपाली समाज भारतद्धारा तुर्माखाँद २ का पहिरो पिडीत परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

अछामः

तुर्माखाँद गाउँपालिका २ भुलुमा यहि श्रावण ८ गते गएको पहिरो पिडीत परिवारलाई सुदूरपश्चिमेली नेपाली समाज भारतले राहत रकम हस्तान्तरण गरेको छ ।

Mangala School 2081 subhakamana

स्थानीय अमर बिष्टको घरमा पहिरो जाँदा ३ जनाको ज्यान गएको थियो । जनधनको क्षती हुने गरि गएको पहिरो पिडीत परिवारका लाई सुदूरपश्चिमेली नेपाली समाज भारतमा आवद्द विभिन्न व्यक्तिहरुबाट राहत स्वरुप ५२ हजार ४ सय १६ हस्तान्तरण गरिएको जनाईएको छ । सहयोग रकम तुर्माखाँद गाउँपालिका वडानम्वर ८ का अध्यक्ष निरक शाहीद्धारा हस्तान्तरण गरिएको हो ।

सहयोग रकम प्रदान गर्ने सुदूरपश्चिमेली नेपाली समाज-भारत केन्द्रीय समिति, दिल्ली राज्य समिति, जम्बु कसमिर समिति, कर्नाटक राज्य समिति, महाराष्ट्र राज्य समिति (पुना), तेलंगाना राज्य समिति, रुपक बिस्ट र दिनेश बिस्ट लगायत सबै सहयोग दाता महानुभावलाई सुदूरपश्चिमेली नेपाली समाज भारतले धन्यवाद ज्ञापन गरेको सुदूरपश्चिमेली नेपाली समाज भारतका पदम साउदले जानकारी दिनुभयो ।

भारतका बिभिन्न राज्य लाइ कर्मथलो बनाइ रहेका सम्पूर्ण समाज सेवी नेपालीहरुले सुदूरपश्चिमको लागी सुदूरपश्चिमेली भन्ने नारालाई आत्मसाथ गर्दै सामाजिक अभियान संचालन गरिरहेको छ । विभिन्न सामाजिक कार्यमा क्रियाशिल सामाजिक संस्था सुदूरपश्चिमेली नेपाली समाज भारतले विभिन्न समयमा विपद् तथा अप्ठ्यारोमा सहयोग गर्ने गर्दछ ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.