बिद्यामन्दिर नमुना माविमा अखिल क्रान्तिकारीद्धारा ३ वटा इकाई कमिटी गठन

३ बुदे माग सहित पञ्चदेवल बिनायक नगरप्रमुख चलाउनेलाई ज्ञापनपत्र पेश

अछामः

विद्यामन्दिर नमूना मावि बिनायकमा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले विभिन्न तहमा ३ वटा इकाई कमिटी गठन गरेको छ । “विद्यार्थि संग अखिल क्रान्तिकारी” अभियन अन्तरगत संगठन सुदृढिकरण कार्यक्रमको निरन्तरताका स्वरुप कमिटीहरु गठन गरिएको हो ।

जसक्रममा मावि तहमा हिमाल राज तिमिल्सेनाको अध्यक्षतामा ५१ सदस्यीय इकाई कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा युवराज ढकाल, मनिषा न्यौपाने, सचिवमा चेतना तिमिलसेना, सह सचिव शान्ती धामी, सिर्जना धामी, लोकेन्द्र बुढा, कोशाध्यक्ष दुर्गा केसि लगायत अन्य सदस्य रहेका छन ।

यस्तै सोहि विद्यालयमा उच्च मावि तहमा पनि इकाई कमिटी गठन गरिएको छ । हेमेराज ढकालको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको हो । जसको उपाध्यक्ष निर्मला रावल, सचीव मोहन रावल, सह सचीव कल्पना ढकाल लगायत अन्य सदस्य रहेका छन । यस्तै प्राविधिक धार तर्फ पनि कमिटी विस्तार गरिएको जनाईएको छ । महेस तिमिल्सिनाको अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन गरिएको हो । सो कमिटीको उपाध्यक्षमा निराजन रोकाया, सचीव जनक विस्ट, सह सचीव प्रितम कुमारी थारु, पुजा थापा लगायत अन्य सदस्य रहेका छन ।

Mangala School 2081 subhakamana

इकाई कमिटी गठन कार्यक्रमका प्रमुख अतिथि अखिल क्रान्तिकारि अछाम जिल्ला अध्यक्ष एवं प्रदेस कमिटी सदस्य लाल बहादुर साउद रहनु भएको थियो । अध्यक्ष साउदले ग्रामीण ईलाकाका विद्यालयहरुमा क्षिक्षाको गुणस्तर दिनप्रतीदिन खस्कीरहेको प्रती चिन्ता व्यक्त गर्दै सामुदायिक विद्यालयहरुले मनपरि तन्त्रबाट विद्यार्थीहरु संग चर्को शुल्क उठाउने गरेको आरोप लगारउनुभयो । संगठन सुदृढीकरण अभियान संचालनको क्रममा अछामका स्थानीय सरकार प्रमुखहरु लाई संविधान अनुसार मावि तहसम्मको शिक्षा निशुल्क हुनुपर्ने, विद्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दि मिलान गरिनुपर्ने र मासिक अनुगमन तथा नियमन गरिनुपर्ने लगायतका समसामयीक माग राखेर ध्यानाकर्षण ज्ञापनपत्र बुझाउने काम भहरहेको बताउँनुभयो । लगत्तै शैक्षीक सवालमा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख र प्रमुख जिल्ला अधिकारिलाई पनि ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

उक्त कार्यक्रमका अतिथी जिल्ला उपाध्यक्ष कमल थापा जिल्ला सचिवालय सदस्य तथा बिनायक कमान्ड इन्चार्ज बम रावल, रमेश बि एल लगायतको सहभागीता रहेको कार्याक्रमको संचालन दिपेन्द्र अधिकारिले गर्नु भएको थियो ।

यसैविचः अखिल क्रान्तिकारी अछामले शैक्षीक सवाललाई मध्यनजर गर्दै पन्चदेवल नगरपालिका प्रमुख अम्बिका चलाउने लाई ज्ञापनपत्र बुझाएको छ । संगठन सुदृढीकरण अभियान संचालनका क्रममा अछामका १० वटै पालिका प्रमुखहरुलाइ ज्ञापन पत्र बुझाउने निर्णय अनुसार पन्चदेवल बिनायक नगर प्रमुख चलाउने लाइ तीन बुदे माग सहित ज्ञापनपत्र बुझाईएको हो ।

संगठनका जिल्ला अध्यक्ष लाल बहादुर साउदद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा संविधान बमोजिम मावी सम्मको शिक्षा गरिनु का साथै संविधान को शिक्षा सम्वन्धि संवैधानीक हकको कार्यान्वयन गरिनुपर्ने, सबै प्रकारका शुल्क बन्द गर्दै विद्यालयलाई आवश्यक पर्ने सम्पूर्ण शुल्कको श्रोत निर्माण स्थानीय तहले गर्नुपर्ने भनिएको छ । यस्तै विद्यार्थिको अनुपात अनुसारको शिक्षक दरबन्दि मिलान गरिनुपर्ने र गुणस्तरिय शिक्षालाइ ध्यानमा राख्दै, राज्यले शिक्षामा गरेको लगानिको उचित प्रतिफल निकाल्न पालिका मातहतका सम्पुर्ण विद्यालयहरुमा शिक्षा शाखा मार्फत मासिक अनुगमन गरि देखिएका समस्याहरुको उचित वर्गीकरण र समाधान गरिनुपर्ने माग राखिएको छ ।

संगठनले राखेका मागहरु तत्काल पुरा गर्न गम्भिर ध्याँनाकर्षण गराउँदै उक्त मागहरुको वेवास्ता गरि गैरजिम्मेवार बनेमा हाम्रो संगठन अनेरास्ववियू क्रान्तिकारी) जस्तोसुकै कदम चाल्न बाध्य हुने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझाउँन संगठनका जिल्ला अध्यक्ष लाल बहादुर साउद र उपाध्यक्ष कमल थापा जिल्ला सचिवालय सदस्य बम बहादुर रावल, दिपेन्द्र अधिकारी लगायतको सहभागिता रहेकाे थियो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.