HA पढाई अव मंगलसेनमै, मंगलसेन बहुप्राविधिक शिक्षालयद्धारा ४० सिटका लागि भर्ना आह्वान

Kirci Gyan Kendra

अछामः

Samajik New Add 2082

मंगलसेन बहुप्राविधिक शिक्षालयमा शैक्षिक सत्र २०७९।०८० को लागि सामान्य चिकित्सा प्रमाण पत्र तह (HA) मा भर्ना आह्वान गरिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदको आंगिक शिक्षालयका रुपमा रहेको बहुप्राविधिक शिक्षालयले ४० जना सिट संख्यामा भर्ना आह्वान गरेको हो ।

Saud Agro Kailash

शिक्षालयले यहि भाद्र ५ गते देखी ९ गतेसम्म प्रवेश परिक्षाका लागि फारम भर्ने समय निर्धारण गरेको छ । सूचना अनुसार मान्यता प्राप्त शिक्षण संस्थावाट अनिवार्य गणित, अंग्रजी र विज्ञान विषय लिई एस.एल.सी वा सो सरहको परीक्षा उतिर्ण गरेका वा परिषदबाट संचालन हुने कार्यक्रमसंग सम्बन्धीत प्राविधिक एस.एल.सी. / प्रि डिप्लोमा तहको कुल पुर्णाङ्कमा ६८.३३ प्रतिशत अंक प्राप्त गरेको वा मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एस.ई.ई. परिक्षामा अनिवार्य गरित, अंग्रेजी र विज्ञान विषयमा न्यनतम C ग्रेड प्राप्त गरी ग्रेड प्वाइन्ट एभरेज (जि.पि.ए.) न्यूनतम २ प्राप्त वा परिषदबाट संचालन हुने कार्यक्रमसंग सम्बन्धित तोकिएको प्राविधिक एस.एल.सि / प्रि डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अंक प्राप्त गरेका व्यक्तिहरुले प्रवेश परिक्षामा सहभागीता जनाउँन पाउँने छन ।

इच्छुक व्यक्तिले फारम साथ पासपोर्ट साईजको रंगिन फोटो – २ प्रति, शैक्षिक योग्यता प्रमाण पत्रको प्रतिलिपी, नेपाली नागरकता वा जन्मदर्ता प्रमाण पत्र वा नाबालक परिचय पत्रको प्रमाणित प्रतिलिपी, नेपाल बाहेक अन्य मुलुकबाट एस.एल.सी वा सो सरहको परीक्षामा उतीर्ण गर्नेको हकमा नेपाल सरकारले तोकेको निकायद्वारा समकक्षता निर्धारण गरिएको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्ने छ । प्रवेश परीक्षा शुल्कः रु १५००।– तोकिएको छ ।

हेर्नुहोस सूचनाः

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.