अछामः
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अछामले संगठन सुदृढीकरण अभियान संचालन अन्तर्गत तुर्माखाँद गाउपालिका अछाम स्थित कालिकेस्वरी माविमा इकाई कमिटी गठन गरेको छ । “बिद्यार्थी संग अनेरास्ववियू क्रान्तिकारी” भन्ने मुल नाराका साथ संचालित अभियानको निरन्तरता स्वरुप कार्यक्रम गरिएको हो ।

जनक तिमिल्सैनाको अध्यक्षतामा भएको कार्यक्रमबाट देवेन्द्र बयकको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको हो । जसको उपाध्यक्ष जनक नेपाली, कमला बुढा, सचिव जनक तिमिल्सैना, सह-सचिव रमिता नेपाली, कोषाध्यक्ष नौरता बुढा लगायत अन्य सदस्य रहेका छन । उक्त कार्यक्रममा संगठनका जिल्ला कमिटी अध्यक्ष एंव प्रदेस सदस्य लाल बहादुर साउद प्रमुख अतिथि रहनुभएको थियो ।
कार्यक्रमका अन्य अतिथिहरुमा जिल्ला उपाध्यक्ष कमल थापा, जिल्ला सचिवालय सदस्य माया उपाध्याय, सचिवालय सदस्य तथा तुर्माखाद गापा कमान्ड इन्चार्ज टंक नेपाली लगायत रहनुभएको थियो । कार्यक्रमको संचालन वकिल नेपालीले गर्नु भएको थियो ।
यसैविच, अखिल क्रान्तिकारीले विभिन्न समसामयिक मागहरु राख्दै तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्मर विसीलाई ज्ञापनपत्र बुझाएको छ । संगठनका जिल्ला अध्यक्ष लालबहादुर साउद नेतृत्वको एक टोलिले शैक्षीक सवाल समेटीएको ३ बुदे ज्ञापनपत्र पेश गरिएको हो ।
