कालिकेश्वरी मावि तुर्माखाँदमा अखिल क्रान्तिकारीको इकाई कमिटी गठन

अछामः

Samajik New Add 2082

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अछामले संगठन सुदृढीकरण अभियान संचालन अन्तर्गत तुर्माखाँद गाउपालिका अछाम स्थित कालिकेस्वरी माविमा इकाई कमिटी गठन गरेको छ । “बिद्यार्थी संग अनेरास्ववियू क्रान्तिकारी” भन्ने मुल नाराका साथ संचालित अभियानको निरन्तरता स्वरुप कार्यक्रम गरिएको हो ।

जनक तिमिल्सैनाको अध्यक्षतामा भएको कार्यक्रमबाट देवेन्द्र बयकको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको हो । जसको उपाध्यक्ष जनक नेपाली, कमला बुढा, सचिव जनक तिमिल्सैना, सह-सचिव रमिता नेपाली, कोषाध्यक्ष नौरता बुढा लगायत अन्य सदस्य रहेका छन । उक्त कार्यक्रममा संगठनका जिल्ला कमिटी अध्यक्ष एंव प्रदेस सदस्य लाल बहादुर साउद प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रमका अन्य अतिथिहरुमा जिल्ला उपाध्यक्ष कमल थापा, जिल्ला सचिवालय सदस्य माया उपाध्याय, सचिवालय सदस्य तथा तुर्माखाद गापा कमान्ड इन्चार्ज टंक नेपाली लगायत रहनुभएको थियो । कार्यक्रमको संचालन वकिल नेपालीले गर्नु भएको थियो ।

यसैविच, अखिल क्रान्तिकारीले विभिन्न समसामयिक मागहरु राख्दै तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्मर विसीलाई ज्ञापनपत्र बुझाएको छ । संगठनका जिल्ला अध्यक्ष लालबहादुर साउद नेतृत्वको एक टोलिले शैक्षीक सवाल समेटीएको ३ बुदे ज्ञापनपत्र पेश गरिएको हो ।

Leave A Reply

Your email address will not be published.