अछामको स्वास्थ्य क्षेत्रको समिक्षा सहित नयाँ कार्ययोजना तयार

Kirci Gyan Kendra

अछामः

Samajik New Add 2082

अछाम जिल्लामा स्वास्थ्य क्षेत्रमा भएको प्रगतीको समिक्षा गर्दै जिल्ला स्तरिय योजना तर्जुमा तथा समिक्षा कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय अछामको हलमा २ दिनसम्म चलेको बार्षिक समिक्षामा आर्थिक बर्ष २०७८÷०७९ मा भएको प्रगतीको वार्षिक समिक्षा गरिनुका साथै स्वास्थ्य क्षेत्रमा गर्ने योजनाको बारेमा रणनैतिक योजना तयार पारिएको छ ।

कार्यक्रममा जिल्लाका १० वटै पालिकाका स्वास्थ्य शाखा, २ वटा अस्पताल तथा जिल्ला स्थित स्वास्थ्यको क्षेत्रमा काम गर्ने दातृ संस्थाले गरेको प्रगती र भाबि योजनाको बारेमा जानकारी गराईएको थियो । समिक्षा कार्यक्रमको समापन गर्दै प्रमुख अतिथी मंगलसेन नगरपालिकाका नगर प्रमुख बदम बाहदुर बोहराले गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्नको लागि सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताउनुभयो । आगामी आर्थिक बर्षका लागि ल्याएको योजनाहरु स्वागत योग्य रहेको बताउनुभयो ।

Saud Agro Kailash

सबै तहका सरकार विचको समन्वयमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नुपर्ने भएपनि अहिले एक सरकारले अर्को सरकार संग समन्वय नगर्दा समस्या सृजना भईरहेको बताउनुभयो । नेपालको संविधानले स्वास्थ्यलाई पहिलो प्राथामिकता राखेपनि सरकारका गतिविधिको कारण त्यो कुराले प्राथमिकता नपाएको गुनासो गर्नुभयो । उहाँले पहिले र अहिले स्वास्थ्य क्षेत्रमा धेरै परिवर्तन भएपनि सेवाग्राहीको चाप अनुसार विकास नभएको बताउदै यसका लागि सबै सरोरकावालाको प्रभावकारी समन्वय हुन जरुरी रहेको नगर प्रमुख बोहराको भनाई छ ।

स्वास्थ्य कार्यालय अछामको हलमा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति अछामका कार्याबाहक प्रमुख पूर्ण बहादुर रावलले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा स्वास्थ्यकर्मीले लापरबाही गर्न नहुने बताउनुभयो । समिक्षा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले अछाम जिल्लाको स्वास्थ्य क्षेत्र समस्या मै गुज्रीरहेको बताउनुभयो ।

स्वास्थ्य संस्थामा आवश्यक उपकरण नहुनु, दक्ष जनशिक्तको अभाव हुनु लगायतका कारणले गुणस्तरिय स्वास्थ्य सेवा दिन चुनौती थपिएको ढुंगानाको भनाई छ । बरिष्ठ जनस्वास्थ्य अधिकृत ढुंगानाले पछिल्लो समयमा अछाम जिल्लामा पनि सर्ने भन्दा नसर्ने रोग र मानसिक समस्याको कारणले मृत्युदर बढीरहेको बताउनुभयो । जिल्लाको स्वास्थ्य क्षेत्रमा थप चुनौति थपिएकाले यसतर्फ यस संग सरोकार राख्ने ब्यक्तिहरुले ध्यान दिनुपर्ने बताउनुभयो । आगामि दिनमा स्वास्थ्य क्षेत्रमा भएका प्रगतीको सबैले पशँसा गर्दै अझै गुणस्तरिय बनाउन सुझाव, सल्लाह दिनुपर्ने बताउनु भयो । जिल्लामा स्वास्थ्य क्षेत्रको प्रगतिका लागि आफनो कार्यालय लागिपरेकाले सबैको साथको आवश्यक रहेको उहाँको भनाई छ ।

नागरिकको आधारभुत हक स्वास्थ्य सेवा पाउनु भएकाले गुणस्तरिय स्वास्थ्य सेवाका लागि सबै प्रतिबद्ध भएर लाग्न आग्रह गर्नुभयो । समापन कार्यक्रममा अछामका १० वटै पालिकाका स्वास्थ्य शाखा, स्वास्थ्यको क्षेत्रमा सहयोग गर्ने संस्था, रक्तदान गर्ने व्यक्तीहरु, स्वास्थ्यकर्मि, सुरक्षाकर्मि र पत्रकार महासंघलाई प्रशँसा गर्दै सम्मान पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । समापन कार्यक्रमको संञ्चालन स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक झपटराज ढुगाँनाले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.