मंगलसेन नगरपालिकामा बृहत यौनिकता शिक्षा प्राविधिक कार्यसमूह पुनर्गठनः संयोजकमा ज्ञानेन्द्र बोहरा

४ वटा स्वास्थ्य संस्था किशोर किशोरी मैत्री घोषणा गरिने

अछामः

मंगलसेन नगरपालिकामा बृहत यौनिकता शिक्षा प्राविधिक कार्यसमूह पुनर्गठन गरिएको छ । नगर प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको समितिको बैठकले वडानम्वर ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहराको संउोजकत्वमा ७ सदस्यीय कार्यसमूह गठन गरिएको हो ।

समितिका अन्य सदस्यहरुमा मञ्जु महत, चन्द्र प्रसाद ढुंगाना, शंकर बहादुर रावल, जगत वड, सिर्जना कठायत र सदस्य सचिवमा दिपक बहादुर भण्डारी रहेका छन । साथै नगर प्रमुख पदम बहादुर बोहरा, उपप्रमुख संगिता रावल सोडारी र प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी गरि ३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।

नगरपालिका स्तरमा बृहत यौनिकता शिक्षाबारे आवश्यक कामकार्य गर्नका लागि तथा स्वास्थ्य संस्था र विद्यालय स्तरमा कार्यक्रम संचालन गर्नका लागि कार्यसमूहले आवश्यक सहजिकरण गर्ने छ । साथै कार्यसमूहको बैठक हरेक तिन-तिन महिनामा वस्ने, नगरको स्थानीय पाठ्यक्रममा बृहत यौनिकता शिक्षा समावेश गर्ने र नगरका ४ वटा स्वास्थ्य संस्था (कुन्ती स्वास्थ्यचौकी, जनालीबण्डाली स्वास्थ्यचौकी, जुपु स्वास्थ्य चौकी र कालागाउँ स्वास्थ्य चौकी) लाई किशोर किशोरी मैत्री स्वास्थ्य चौकि घोषणाका लागि प्रक्रिया अघि बढाउने निर्णय समेत गरिएको छ ।

बैठकमा बृहत यौनिकता शिक्षा प्राविधिक कार्यसमूहका पदाधिकारी लगायत सरोकारवालाको सहभागिता रहेको नगरपालिकाका सूचना अधिकारी बिष्णु प्रसाद जैशीले जानकारी दिनुभयो ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.