टेकराज भण्डारी, अछाम :
अछाममा एक गर्भवती महिलाले बिच बाटोमै शिशुको जनम दिएकी छन् । अछामको विकट मंगलसेन १३ बस्तीमा २८ बर्षिया हिउँकला नेपालीले स्वास्थ्य चौकी जाँदै गर्दा बीच बाटोमै छोरीको जन्म दिएकी हुन् । बस्तीको डाँडीगडेबाट बस्ती स्वास्थ्य चौकी ल्याउने क्रममा सालघाडी भन्ने ठाउँमा शिशुको जन्म दिएकी उहाँका देबर धर्मराज परियारले बताउनु भयो ।
सुत्केरी व्यथा लागेको थाहा पाएपछि स्वास्थ्य चौकी लिन खोजेको र स्वास्थ्य चौकी समेत टाढा भएका कारण समयमै स्वास्थ्य चौकी पुर्याउन नसकिएको उहाँको भनाई छ । त्यारी गर्दागर्दै केही ढिलो भएको र व्यथा लागेपछि छिट्टै बच्चा हुने भएकाले त्यसो भएको परियारको भनाई छ । घरबाट स्वास्थ्य चौकी करिब डेढ घण्टाको पैदल दुरीमा रहेको छ ।
व्यथाले च्यापेपछि स्वास्थ्य चौकी लैजाँदै गर्दा स्वास्थ्य चौकीबाट आधा घण्टाको दूरीमै बच्चा भएको थियो । हिउँसराले पाँचौ सन्तानका रुपमा छोरीको जन्म दिएकी हुन् । यसअघि उहाँका ४ छोरी छन् । बच्चा भएपछि सुत्केरी महिला र बच्चालाई स्वास्थ्य चौकी लगेर चेकजाँच गरिएको छ ।
हाल आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको बस्ती स्वास्थ्य चौकीका ईन्चार्ज हिरालाल जैसीले बताउनु भयो । बाटोमै बच्चा भएपनि स्वास्थ्य संस्था ल्याउन सुझाव दिएको र आवश्यक उपचार तथा परामर्श दिएको ईन्चार्ज जैसीको भनाई छ ।
सुत्केरीका लागि प्रसुती केन्द्र तथा जिल्ला अस्पताल सम्म पु¥याउन मंगलसेन नगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । सरकारले पनि स्वास्थ्इ संस्थामा सूतेकरी हुने महिलालाई प्रोत्साहन गरिरहेको छ ।
कतर बस्तीमा सहज रुपमा सडकको सञ्जाल जोडिएको छैन । वडाको केन्द्रसम्म सडक पुगेपनि बर्षाका कारण सडक बिग्रिएको स्थानीयले बताएका छन् ।
भौगोलिक बिकटता तथा परिवारका सदस्यको समयमै स्वास्थ्य संस्था लिने तयारी, पूर्वतयारी लगायतको अभावका कारण आमा र बच्चाका स्वास्थ्य जोखिममा रहने गरेको जिल्ला अस्पताल अछामका नर्सिङ स्टाफ गंगा बुढामगरले बताउनु भयो ।