पहिरो पिडितलाई मनोपरापर्श दिदै UNFPA

विपदको समयमा मानिसहरु आत्तिने र हतोत्साहित भई मानसिक समस्या हुने हुदाँ मनोमरामर्श आवश्यक

Kirci Gyan Kendra

असोज १० अछाम ।
भाद्र ३१ गते परेको अविरल वर्षाका कारण अछामको तुर्माखाँद गाउँपालिका, कमलवजार नगरपालिका र ढकारी गाउँपालिका गरि २३ जनाले पहिरोमा परि ज्यान गुमाएका थिए । यतिवेला मृतकका परिवार र समुदायका अन्य मानिसहरुमा अत्यन्तै त्रास सिर्जना भएको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकाय द्वारा विभिन्न किसिमका राहत वितरण हुदै आएको छ ।

Samajik New Add 2082

यु एन एफ पि ए ले पनि पहिरो प्रभावित क्षेत्रमा मनोपरामर्श संगै विभिन्न सामग्रीहरु प्रदान गरिएको छ । मंगल खवर संग कुरा गर्दै यू एन एफ पि ए जिल्ला कार्यक्रम अधिकृत भरत गोतामेले प्राकृतिक विपदजन्य घटनाले मनोसामाजिक असर पारिरहेको अवस्थामा मनोविमर्शका विभिन्न उपायहरु अपनाउनु पर्ने बताउनुभयो ।

विपदको समयमा समाजमा देखिएको मनोसामाजिक असरलाई कसरी न्यूनीकरण गर्न सकिन्छ यो अवस्थालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा घटना स्थलमै पुगि सामुहिक रुपमा मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको उहाँले बताउनु भयो । “मानविय सहायता कार्यक्रम अन्तर्गत गर्भवती, सुत्केरी महिला तथा किशोरिहरुलाई मनोपरामर्श प्रदान गरिएको छ” गोतामेले भन्नुभयो – “विपदमा विशेषगरी किशोर किशोरी, सुत्केरी गर्भवती महिला र अपाँगता भएका व्यक्तिहरु बढी जोखिममा हुने भएपनि उनिहरुको तथ्यंक तथा लागत नआउने र उनिहरु सम्म सहयोग पुग्ने कुरा चुनौतीपूर्ण रहेको छ ।” यसतर्फ पनि ध्याँन दिईनुपर्ने उहाँको भनाई छ ।

Saud Agro Kailash

UNFPA ले भने राहत सामाग्री सहित सामुहिक तथा व्यक्तिगत रुपमा मनोसामाजिक मरामर्श समेत प्रदान गरेको छ । असोज ६ गते देखि जिल्लाका कमलवजार नगरपालिकाको वडा नं ६ हात्तिबाँझ र ८ डुंगाला, तुर्माखाँद गाउँपालिकाको वडा नं ५ नाडा र ढकारी गाउँपालिका ८ पैयाँसैन तथा वडा नं ६ सिमाने मा मृतकका परिवार तथा पहिरो प्रभावितहरु संग, वडाका अन्य जोखिम युक्त स्थानका बासिन्दाहरुलाई समेत मनोसामाजिक परिमर्श प्रदान गरिएको UNFPA लैंगिक हिंसा न्यूनिकरण तथा सम्वोधन परियोजना संयोजक आस्था रिजालले जानकारी गराउनु भएको छ ।

मनोपरामर्श सेवाको साथै पालिका संग समन्वय गरि महिलाहरुको सुरक्षित मर्यादा कायम गर्नका लागि DK Kit, किशाोरीहरुका लागि KK Kit, महिनावारीमा प्रयोग गरिने केहि लुगा कपडा, साबुन, कोलगेट ब्रस, सेनिटाईजर, मास्क, महिनावारी प्याडहरु , पाल तथा म्याटहरु लगाएत राहत सामाग्री समेत बितरण गरिएको छ । उक्त टिममा UNFPA अछामका प्रमुख भरत गोतामे, कार्यक्रम संयोजक आस्था रिजाल, OCMC का Case Manager धिर्जा ढकाल र स्वंयमसेवक राजेन्द्र प्रसाद भाटको सहभागिता रहेको थियो ।

केही तस्बिरहरुः

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.