डा. उपाध्यायद्धारा जिल्ला अस्पताललाई अक्सिजन कन्सनटेटर हस्तान्तरण

Purnima Mobile
Kirci Gyan Kendra

कमल रावल असोज ८ अछाम ।
डाक्टर सन्तोष उपाध्यायले जिल्ला अस्पताल अछामलाई १ थान अक्सिजन कन्सनटेटर हस्तान्तरण गर्नु भएको छ । ५ लिटर बराबरको कोरोना संक्रमण तथा जोखिम कायम रहेकाले जिल्ला अस्पताललाई आवश्यक पर्ने भएकाले हस्तान्तरण गरेको उहाँले बताउनु भयो ।

Samajik New Add 2082
Saud Agro Kailash

अक्सिजन कन्सनटेटर अस्पताल बिकास समितीका अध्यक्ष प्रभुनाथ खनालालाई हस्तान्तरण गर्दै डाक्टर उपाध्यायले अछाम जिल्लाका थुप्रै समस्यामा बारेमा आफु जानकार भएकाले सहयोग गर्ने भावना जहीले पनि रही रहने मंगल खबरलाई बताउनुभयो । मंगलसेन नगरपालिका वडा नम्बर ८ वलिगाउ घर भएका डाक्टर उपाध्यायले जहिले पनि आफ्नो जिल्लामा सेवा तथा सहयोग गर्न पाउ भनि मनमा खड्किरहने बताउनु भयो ।

Mellekh RM1

अछामका नागरिकमा स्वास्थ्यका समस्या थुप्रै हुने भएकाले बृहत शिविर जिल्लामा गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । त्यसका लागी आफु र आफ्नो टिम समेत तयार रहेको बताउनु भयो । सन २०२१ मा पोल्यान्डमा सुप्रा नेशनल थर्ड रनर बनेका डाक्टर उपाध्यायको पहलमा २०७६ मा अछामको कमलबजारको प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा दिरहदा उहाकै ब्यक्तिगत पहलमा जिल्ला अस्पतालमा अछाममा पहिलो पटक लायन्स क्लब अफ काठमाडौ र डक्टर्स नेपालको सहयोगमा फोटोथेरापि मेसिन समेत उपलब्ध गराईएको थियो ।

कनसनटेटर हस्तान्तरण कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा, डाक्टर प्रेम प्रसाद ढुंगाना, डाक्टर अतुल भारद्धाज, नर्सिग ईन्चार्ज गगा बुढामगर, सिनियर अनमि सुशीला ढुंगानाको लगाएतको सहभागिता रहेको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.