तपाइँको फेसबुक, ह्वाट्सएप र जिमेल अरुले चलाइरहेको त छैन ? यसरी थाहा पाउनुहोस्

Kirci Gyan Kendra

सोसल मिडिया साइट फेसबुक, मेसेजिङ एप ह्वाट्सएप तथा इमेल सर्भिस जिमेल आ आफ्नो क्षेत्रका सबैभन्दा लोकपि्रय प्लाटर्फमहरु हुन् । दैनिक करोडौँ मानिसहरुले फेसबुक, ह्वाट्सएप तथा जिमेल प्रयोग गर्दछन् । त्यसैले यी प्लाटर्फममा प्रयोगकर्ताको गोपनियताको सुरक्षाका लागि विभिन्न फिचरहरु राखिएको हुन्छ ।

Samajik New Add 2082

आफ्ना यी इन्टरनेट अकाउन्टहरु निकै व्यक्तिगत हुने हुनाले अरु कसैले चलाओस् भन्ने चाहना कसैको हुँदैन । आफ्नो फेसबुक, ह्वाट्सएप तथा जिमेल कसैले लुकिछिपी खोलेर चलाइरहेको त छैन ? तपाइँले यो कुरा जान्न पनि सक्नुहुन्छ । यसका लागि ती प्लाटर्फममै सेटिंग्सको व्यवस्था गरिएको हुन्छ ।

जिमेलमा कसरी थाहा पाउने ?

यो जान्ने तरिका निकै सरल छ र धेरै समय पनि लाग्दैन । मोबाइल तथा कम्प्युटर दुबैबाट तपाइँले आफ्नो जिमेल अकउान्ट लगइन गरेर अरु कसैले प्रयोग गरिरहेको छ कि छैन ? भनेर थाहा पाउन सक्नुहुन्छ ।

सबैभन्दा पहिलो आफ्नो जिमेल अकाउन्ट लगइन गर्नुहोस् र त्यसपछि नेभिगेसन प्यानलबाट Security अप्सन छान्नुहोस् । त्यहाँ डिभाइसको प्यानल देखिनेछ । तपाइँले त्यहाँबाट af6 Manage all devices को अप्सन छान्न सक्नुहुन्छ । उक्त खण्डमा तपाइँले आफ्नो जिमेल अकाउन्टसँग जोडिएका सबै डिभाइसको सूचि देख्नुहुन्छ । यदि त्यो सूचिमा तपाइँले यस्ता डिभाइस पनि देख्नुभयो जसलाई तपाइँले जोड्नुभएको होइन र तपाइँको डिभाइस पनि होइन भने थाहा पाउनुहोस् तपाइँको जिमेल अकाउन्ट अरु कसैेले प्रयोग गरिरहेको छ । त्यहाँ Device Session का अप्सन देख्नुहुन्छ । तपाइँले त्यहाँबाट उक्त अनधिकृत डिभाइस क्ष्नल इगत गरेर हटाउन सक्नुहुन्छ ।

गुगलका अनुसार यस्तो अनधिकृत डिभाइस तपाइँको जिमेल अकाउन्टसँग जोडिएको देखिएमा त्यसलाई साइन आउट गरी जिमेलको पासवर्ड बदलिहाल्नुहोस् ।

Saud Agro Kailash

फेसबुकमा यसरी थाहा पाउनुहोस्

फेसबुकमा पनि जिमेलमा जस्तै अप्सन छ जहाँबाट तपाइँले आफ्नो फेसबुक अकाउन्ट अरु कसैले प्रयोग गरिरहेको भए थाहा पाउन सक्नुहुन्छ ।

यसका लागि फेसबुकमा आफ्नो अकाउन्ट लगइन गर्नुहोस् । त्यसपछि टप मेन्यूमा रहेको Settings मा जानुहोस् । त्यहाँ तपाइँले Settings and Privacy को अप्सन देख्नुहुनेछ । त्यसमा क्लिक गरेसँगै तपाइँले Security and Ligin को अप्सन देख्नुहुनेछ । त्यसमा स्क्रल गरेर तल झरेसँगै Log Out logged in को अप्सनबाट तपाइँले आफ्नो फेसबुक अकाउन्ट कहाँ कहाँ लगइन भएको छ देख्न सक्नुहुन्छ । त्यहाँ तपाइँले ती सबै स्मार्टफोन तथा ल्यापटपको सूचि देख्न सक्नुहुन्छ जहाँ तपाइँको फेसबुक लगइन गरिएको हुन्छ । यदि त्यसमध्ये कुनपनि डिभाइसमा आफुले लगइन गरेको होइन भने त्यस्ता डिभाइसको नामसँगै भएको Log Out अप्सनमा क्लिक गरेर हटाइहाल्नुहोस् । त्यो सँगै आफ्नो फेसबुक अकाउन्टको पासवर्ड पनि परिवर्तन गर्नुहोस् र सम्भव भएमा टू फ्याक्टर अथन्टिकेसन पनि प्रयोग गर्न सक्नुहुन्छ ।

ह्वाट्सएपमा कसरी थाहा पाउने ?

ह्वाट्सएपको राम्रो कुरा के भने यो एप एकपटकमा केवल एउटा मात्रै मोबाइल फोनमा लगइन गर्न सकिन्छ । तर मल्टी डिभाइस सपोर्ट आएसँगै ह्वाट्सएप एकै पटकमा मोबाइल र कम्प्युटर दुबैमा प्रयोग गर्न सकिन्छ ।

पहिले मोबाइलमा इन्टरनेट नहुँदा ह्वाट्सएप वेबले पनि काम गर्दैनथ्यो । तर अहिले फोनमा नेटवर्क नहुँदा पनि ह्वाट्सएप वेब प्रयोग गर्न सकिन्छ । यस्तोमा यदि तपाइँको ह्वाट्सएप कसैले कम्प्युटरमा चलायो भने यसको बारेमा तपाइँलाई थाहा नै हुदैन। त्यस्तै केही यस्ता क्लोन एप हुन्छन् यदि कसैले तपाइँको फोन हात पार्यो भने ह्वाट्सएप वेबको लगइन एपका माध्यमबाट हात पार्दछ ।

तपाइँको ह्वाट्सएप कसैले चलाइरहेको त छैन ? यो जान्नका लागि ह्वाट्सएपको सेटिंग्स अप्सनमा गएर Linked Devices मा क्लिक गर्नुहोस् । त्यहाँ क्लिक गरेसँगै सूचि देखिन्छ जसमा तपाइँको ह्वाट्सएप कुन कुन डिभाइसमा लगइन छ भन्ने थाहा हुन्छ । यदि उक्त सूचिमा तपाइँका आफ्नो डिभाइस बाहेक अन्य अपरिचित डिभाइस पनि छ भने जान्नुहोस् तपाइँको ह्वाट्सएप अरु कसैले लगइन गरेर चलाइरहेको छ । त्यसैले तत्कालै उक्त डिभाइस लगआउट गर्ने अप्सनमा क्लिक गरी अपरिचित डिभाइस हटाइहाल्नुहोस् । एजेन्सी

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.