आर्मी टिम १७२ स्वर्ण पदक जित्दै च्याम्पियन

Purnima Mobile
Kirci Gyan Kendra

विभागीय टोली त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सर्वाधिक १७२ स्वर्ण पदक जितेको छ। गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा आर्मीले ११० रजत र ८९ कास्य गरी कुल ३७१ पदक जित्दै पहिलो भएको हो ।

Samajik New Add 2082

दोस्रो स्थान एपिएफ एपिएफले ६४ स्वर्ण, ७३ रजत र ८१ कास्य गरी २१८ पदक हात पारेको छ। तेस्रो स्थानमा पनि विभागीय टोलीले नै आफ्नो स्थान बनाएको छ । नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६० रजत र ७३ कास्य गरी कुल १९४ पदक जित्यो।

Mellekh RM1
Saud Agro Kailash

गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य गरी कुल १२० पदक हात पर्दै चौथो बनेको हो । पाँचौ बनेको बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य गरी कुल १४५ पदक जित्यो ।प्रदेश एक छैटौं स्थानमा रहँदै १० स्वर्ण, २३ रजत र ५० कास्य गरी कुल ८३ पदक जित्न सफल भयो । यता १० स्वर्ण, १० रजत र ४३ कास्य गरी कुल ६३ पदक जित्दै सुदूरपश्चिम सातौं स्थानमा भयो ।

एनआरएनए टिम आठौं स्थानमा रहँदै १० स्वर्ण, ९ रजत र ७ कास्य गरी कुल २६ पदक जित्न सफल भयो । लुम्बिनी प्रदेश ६ स्वर्ण, २२ रजत र ४० कास्य गरी कुल ६८ पदक जित्दै नवौं स्थानमा हुँदा दशौं स्थानको मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य गरी कुल ३९ पदक जित्न सफल भयो । अन्तिम स्थानमा भएको कर्णाली प्रदेशले २ स्वर्ण, ४ रजत र १२ कास्य गरी कुल १८ पदक जित्यो ।

-ratopati

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.