अछाम : अछामको बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्नामा वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता संचालन हुने भएको छ ।
दिपावलिको अवसरमा पञ्चदेवल अनुरा युवा क्लव दर्नाको आयोजनामा “प्रथम पञ्चदेवल अनुरा भलिबल कप २०७९” हुन लागेको हो ।
क्लबले खेल क्षत्र र खेलाडिको समग्र बिकासको लागि प्रतियोगिताको आयोजना गरिएको बताईएको छ ।
प्रतियोगिता यहि कार्तिक ५ गते देखि ८ गते सम्म दर्नाको माझेठानामा संचालन गरिने खेलकुद समितीका संयोजक बसन्त साउँदले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी हुन इच्छुक विभिन्न वडाका टिमहरुले समयमै दर्ता गराउनका लागि आग्रह समेत गरिएको छ ।
कार्तिक ४ गते साँझ बेलुकी ५ बजे भित्र ३ हजार रुपैयाँ शुल्क सहित टिम दर्ता गर्न सकिने आयोजक पञ्चदेवल अनुरा युवा क्लव दर्नाले जनाएको छ ।
टिम दर्ताका लागि खेलाडीले आफ्नो परिचय खुल्ने परिचय पत्र अनिवार्य ल्याउनु पर्ने छ भने खेल असोज कार्तिक ५ गते साढे १२ बजे बाट सुरु गरिने क्लबका सचिव देबेन्द्र थापाले रामारोशन टुडे अनलाइनलाई जानकारी दिनुभयो ।
टिम दर्ताका लागि संयोजक बसन्त साउद ९७४९७५०६१५ र सचीव देबेन्द्र थापा ९८६९७४२३१८ मा सम्पर्क गरेर पनि टिम दर्ता गराउन सकिने छ । भने प्रतियोगितामा सहभागी खेलाडीले खान बस्नको व्यवस्था स्वयम आफैले गर्नुपर्ने क्लबले जनाएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार ६१ हजार, मेडल, कप र प्रमाण-पत्र, द्धितिय पुरस्कार ३५ हजार, मेडल, कप र प्रमाण-पत्र र तृतीय हुने टिमलाई २१ हजार, मेडल, कप र प्रमाण-पत्र प्रदान गरिने छ ।
यस्तै प्रतियोगितामा उत्कृष्ठ विधाहरूमा बेष्ट स्पाईकर, वेष्ट डिभिन्सर, वेष्ट लिप्रो, वेष्ट सटर, सर्व उत्कृष्ठ खेलाडी, बेष्ट बलकर र अनुशासन खेलाडीलाई छनोट गरि सम्मानका साथै पुरस्कार समेत दिईने सचीव देबेन्द्र थापाले जानकारी दिनुभयो ।
हेर्नुहोस सूचनाः