दुई पटककाे विश्व कप क्रिकेट विजेता वेस्टइन्डिज पहिलाे चरणबाटै बाहिरियो

काठमाण्डाै : दुई पटककाे च्याम्पियन वेस्ट इन्डिज टी–२० विश्व कप क्रिकेटकाे पहिलाे चरणबाटै बाहिरिएकाे छ । आज शुक्रवार भएकाे खेलमा आयरल्यान्डसँग नाै विकेटले पराजित भएसँगै वेस्ट इन्डिज सुपर १२ मा नपुगि बाहिरिएकाे हाे । वेस्ट इन्डिज सन् २०१२ र २०१६ काे टी–२० विश्व कप क्रिकेटमा च्याम्पियन बनेकाे थियाे ।

हाेबार्टमा वेस्ट इन्डिजले दिएकाे एक सय ४७ रनकाे लक्ष्य आयरल्यान्डले १७ ओभर ३ बलमा एक विकेट गुमाएर भेटायाे । उसका पउल स्टर्लिङले ६६ र लाेर्कन टकरले ४५ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४६ रन बनायाे । उसका ब्रान्डन किङले ६२ रन बनाए । बलिङतर्फ आयरल्यान्डका ग्यारेथ डिलेनीले तीन विकेट लिए ।

याे जितसँगै आयरल्यान्ड समूह ‘बी’ बाट समूह १२ मा पुग्ने पहिलाे टिम बनेकाे छ । आजै हुने समूह ‘बी’ कै अर्काे खेलमा जिम्बावे र स्कटल्यान्ड खेल्दैछन् । यस खेलकाे विजेताले दाेस्राे टिमकाे रूपमा समूह १२ स्थान बनाउनेछ ।

यसअघि हिजाे बिहीवार भएकाे खेलमा समूह ‘ए’ बाट श्रीलङ्का र नेदरल्यान्ड्स सुपर १२ मा प्रवेश गरेका थिए ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.