काँग्रेसको कमलबजारको नगर अधिवेशनः भण्डारीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन

Purnima Mobile
Kirci Gyan Kendra

अमर धामी, कमलबजार ९ असोज ।

Samajik New Add 2082

नेपाली काँग्रेस को १४ ‍औं महाँदिवेशन अन्तर्गत कमलबजार नगरपालिकाको नगर अधिबेशन सर्बसम्बत नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । नगर सभापति सर्प बहादुर बिष्टको सभापतित्वमा भएको अधिबेशनले पदम बहादुर भण्डारीको नेतृत्वमा सर्वसम्मत नयाँ नगर कार्यसमिति चयन गरेको हो ।

Mellekh RM1

समितिको उप-सभापतिमा तकमान बिष्ट र हर्क बहादुर भण्डारी, सचिबमा नृप बहादुर बिष्ट र मिन बहादुर बिष्ट, सह-सचिवमा लभराज अधिकारी र सुरेस थापा रहनुभएको छ। नगरकार्यसमितिको कोषाध्यक्षमा भोजराज ढकाल लगायत ५७ सदस्यीय नगर कार्यसमिति चयन गरिएको निर्वाचन अधिकृत चक्र बहादुर बिष्टले घोषणा गर्नु भयो ।

Saud Agro Kailash

अधिबेशनको उदघाटन महासमिति सदस्य एबम संगठन बिभागका केन्द्रिय सदस्य गणेश बहादुर बिष्टले गर्नु भएको थियो । उदघाटन समारोहमा प्रमुख अथिति समेत रहनुभएका युवा नेता बिष्टले यस नगरमा सर्वसम्मत नेतृत्व चयन गर्न पहल गर्ने सबैलाई धन्यबाद व्यक्त गर्दै नव निर्वाचित नगर कार्यसमितिका पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । नेता बिष्टले नया नेतृत्वले कांगे्रसको संगठन थप मजबुत र सुदृढ बनाउन महत्व पुर्ण भुमिका खेल्नेमा आफु बिस्वस्त रहेको धारण राख्नु भयो ।

सर्बसम्बत नेतृत्व चयनले यस नगरमा कांगे्र थप बलियो हुनुका साथै अब आउने आम बिनबार्चनमा नगरका १० ओटै वडामा नेपालि कांगे्रसले बिजय हासिल गर्ने दाबि गर्नु भएको छ ।

कार्यक्रममा प्रदेश सभा सदस्य अम्बी कुमारी थापा र काँग्रेस अछामका जिल्ला कार्यसमिति उपसभापति नयाराम बजगाइ बिशिष्ट अथिति रहनु भएको थियो । यस्तै कार्यक्रममा महाअधिबेशन प्रतिनिधि पदमराज अधिकारी, कमल बिक, कृष्ण प्रसाद ढकाल, प्रदेश समन्वय बिभागका केन्द्रीय सदस्य यज्ञ प्रसाद ढकाल, जिल्ला कार्यसमिति सदस्य एबम कमलबजार नगरपालिका नगरप्रमुख ओमप्रकास बिष्ट, उपप्रमुख भुमिशरण ढकाल बजगाई, क्षेत्रिय सचिब रबिन्द्र साहि, पूर्ब क्षेत्रिय सचिव पुष्पराज अधिकारी, प्रदेश सचिव राम कृष्ण ढकाल, कमलबजार नगरपालिका वडा न ६ का वडा अध्यक्ष राम बहादुर साहि .१ का वडा अध्यक्ष तेज बहादुर बिष्ट, ३ का वडा अध्यक्ष जगत बहादुर बिष्ट, १० का वडा अध्यक्ष भिम बहादु बिष्ट, २ का अध्यक्ष रण बहादुर खडका, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष बिष्णु प्रसाद भण्डारी, नेबिसंघका जिल्ला उपाध्यक्ष खडक बहादुर बिष्ट, ट्रेड युनियनका जिल्ला अध्यक्ष चित्र बजगाइ, महिला संघ प्रतिनिधि बसन्ती बिष्ट, दलित संघका पहलमान कामि, सांस्कृति संघका जिल्ला अध्यक्ष गोबिन्द बिष्ट, नेकपा एमाले नगरकमिटि अध्यक्ष खेमराज जैसि, नेकपा माऔबादि केन्द्रका रण बहादुर बिष्ट, नेकपा मालेका जिल्ला सचिव दिल बहादुर बिष्ट लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

नगर उपसभापति झंक प्रसाद अधिकारीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन सहसचिब नेत्र बहादुर थापाले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.