आजदेखि एनभीए क्लब भलिबल च्याम्पियनसिप सुरु हुँदै

काठमाडौं : छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ। नेपाल भलिबल संघको आयोजनामा हुने च्याम्पियनसिप त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछ।

Samajik New Add 2082

च्याम्पियनसिपको पहिलो दिन पुरुषतर्फको चार खेलहरु हुनेछ। उद्घाटन खेलमा पुरुषतर्फ विभागीय टिम त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। समूह सी मा रहेको आर्मी र कर्णालीबीचको खेल बिहान ९ बजे सुरु हुनेछ। यस्तै दोस्रो खेलमा समूह डीको एपीएफ क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल बिहान ११ बजे सुरु हुनेछ।

पुरुषतर्फको तेस्रो खेलमा समूह एको बागमती प्रदेश र गल्कोट स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल दिउँसो ३ बजे सुरु हुनेछ। चौंथो खेलमा नेपाल पुलिस क्लब र दावाली मिलन क्लबबीच ३:३० बजे प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा पुरुषतर्फ १२ टिम र महिलातर्फ ६ टिमको सहभागिता रहेको छ ।क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाको ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन्।

विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन्। तेस्रोले १ लाख प्राप्त गर्नेछ। खेलको प्रत्यक्ष प्रशारण खेलपाटी डटकमले गर्नेछ।

 

-thahakhabar

Leave A Reply

Your email address will not be published.